आईपीएल अघि चेन्नाईलाई ठुलो झट्का, सुरेश रैना भारत फर्किए

व्यक्तिगत कारण देखाउदै चेन्नाई सुपर किंग्सका प्रमुख ब्याट्सम्यान सुरेश रैनाले १३ औं सिजनको आईपीएलबाट नाम फिर्ता लिएका छन्। चेन्नाईको अधिकारिक ट्वीटर प्रोफाइलले यो कुराको पुस्टि गरेको छ।

“सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएका छन् र उनि पुरा सिजन आईपीएलको लागि उपलब्ध हुने छैनन्। चेन्नाई सुपर किंग्सले उनि र उनको परिवारलाई यो समयमा पुरा साथ दिनेछ।” चेन्नाईले ट्वीट गर्दै उनि भारत फर्किएको समेत जानकारी गराएको छ। उनि एक्कासी भारत फर्कनुपर्ने पारिवारिक कारण भने खुलाइएको छैन।

अन्तर्राष्ट्रिय क्रिकेटबाट भर्खरै सन्यास लिएका रैना सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने लिगमा सहभागीता जनाउन अगस्ट २१ मा टिमसंगै पुगीसकेका थिए। त्यस अघि भारतमै भएको तयारीमा समेत रैना उपस्थित थिए।

आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन् रैना

महेन्द्र सिंह धोनीको टिम चेन्नाईका प्रमुख ब्याट्सम्यान रैना आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनले १९३ खेल खेल्ने क्रममा ५ हजार ३ सय ६८ रन बनाएका छन्। बिराट कोहली ( ५४१२ ) पछि लिगमा ५ हजार रन पुरा गर्ने रैना दोश्रो ब्याट्सम्यान हुन्।

रैना आईपीएल नखेल्ने भए पछि प्रतियोगिता अघि टिमलाई अर्को झट्का लागेको छ। शुक्रबार मात्रै टिमका एक जना तिब्र गति बलर सहित ९ जना अन्य स्टाफमा कोरोना संक्रमण देखिएपछि टिम थप केहि दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको थियो।

सम्बन्धित :-

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

https://wicketnepal.com/chennai-10-members-covid-19-positive-wn20/

https://wicketnepal.com/eng-v-pak-1st-t20i-mr-wn20/

https://wicketnepal.com/kevin-chakka-car-sisa-wn20/

https://wicketnepal.com/kohli-father-wn20-ann/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]