IPL : ५ महिना पछि अभ्यासमा फर्किए कोहली ( फोटो फिचर )

आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर ( आरसीबी ) टिमका कप्तान बिराट कोहली लगायत टिमले आईपीएल अघि युएईमा अभ्यास सुरु गरेको छ। कोहलीले आफ्नो सोसल मिडिया ह्याण्डल मार्फत अभ्यासमा फर्केको तस्बिरहरु सार्वजनिक गरेका छन्।

“५ महिना भैसकेको थियो मैदान भित्र प्रवेश नगरेको। नेटमा छिर्दा ६ दिन मात्रै बितेको जस्तो लाग्यो। पहिलो सेसन शानदार रह्यो साथीहरु” कोहलीले लेखेका छन्।

युएईमा क्वारेन्टाइनमा बसेपछि आरसीबीको यो पहिलो अभ्यास सत्र हो। यस दौरान कोहलीले ब्याटिंग र फिल्डिंग अभ्यास गरेका छन्।

सेप्टेम्बर १९ देखि सुरु हुने लिगको १३ औं संस्करणमा सहभागिता जनाउन बैंगलोर टिम २१ अगस्टमा युएई पुगेको थियो। कोहली टिमसंग युएई नगई आफ्नै चार्टर्ड प्लेनमार्फत युएई पुगेका थिए। सबै खेलाडीहरुको कोरोना टेस्ट नेगेटिभ आएपछि अभ्यास सुरु गरिएको हो।

यस्तै बैंगलोरले टिमको अभ्यासको भिडियो सार्वजनिक गरेको छ। लामो समय पछि मैदान फर्किदा खेलाडीहरु खुसि देखिएका छन् भने कोहली राम्रो टचमा देखिएका छन्। धोनी कप्तानीको चेन्नाई सुपर किंग्स भने २ खेलाडी कोरोना संक्रमित देखिएपछि थप २ दिन क्वारेन्टाइनमा बस्नेछ। चेन्नाईका २ खेलाडी दिपक चाहर र  ऋतुराज गायकवाडलाई कोरोना संक्रमण पाइएको थियो। 


आजनै सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पनि अभ्यास सुरु गरेको छ। सन्दिप भने यतिबेला करेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेका छन्। लिगमा सहभागिता पछि त्यहाँबाट सन्दिप लगायत खेलाडीहरु युएई आउनेछन्।

हेर्नुस बैंगलोरको अभ्यासको फोटोहरु :-

यो पनि पढ्नुस :-

IPL : चेन्नाईलाई अर्को झट्का, चाहर पछि अर्को खेलाडीलाई पनि कोरोना

पितालाई ‘ब्रेन क्यान्सर’ भएको खबर पछि १ हफ्ता सुत्न सकेका थिएनन् स्टोक्स

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

आईपीएल अघि चेन्नाईलाई ठुलो झट्का, सुरेश रैना भारत फर्किए

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

CPL : मोहम्मद नाबीको सिपिएल इतिहासकै तेश्रो तथा व्यक्तिगत उत्कृस्ट बलिंग

“र अब हामि ३ हुनेछौँ” भन्दै कोहलीले गरे पिता हुने मितिको घोषणा

धोनीको तारिफ गर्दै बिसीसीआईको आलोचना गरेपछि मुस्ताकलाई पीसीबीको चेतावनी





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]