IPL : ५ महिना पछि अभ्यासमा फर्किए कोहली ( फोटो फिचर )

२०७७ भाद्र १३, शनिबार २०:४८

आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर ( आरसीबी ) टिमका कप्तान बिराट कोहली लगायत टिमले आईपीएल अघि युएईमा अभ्यास सुरु गरेको छ। कोहलीले आफ्नो सोसल मिडिया ह्याण्डल मार्फत अभ्यासमा फर्केको तस्बिरहरु सार्वजनिक गरेका छन्।

“५ महिना भैसकेको थियो मैदान भित्र प्रवेश नगरेको। नेटमा छिर्दा ६ दिन मात्रै बितेको जस्तो लाग्यो। पहिलो सेसन शानदार रह्यो साथीहरु” कोहलीले लेखेका छन्।

युएईमा क्वारेन्टाइनमा बसेपछि आरसीबीको यो पहिलो अभ्यास सत्र हो। यस दौरान कोहलीले ब्याटिंग र फिल्डिंग अभ्यास गरेका छन्।

सेप्टेम्बर १९ देखि सुरु हुने लिगको १३ औं संस्करणमा सहभागिता जनाउन बैंगलोर टिम २१ अगस्टमा युएई पुगेको थियो। कोहली टिमसंग युएई नगई आफ्नै चार्टर्ड प्लेनमार्फत युएई पुगेका थिए। सबै खेलाडीहरुको कोरोना टेस्ट नेगेटिभ आएपछि अभ्यास सुरु गरिएको हो।

यस्तै बैंगलोरले टिमको अभ्यासको भिडियो सार्वजनिक गरेको छ। लामो समय पछि मैदान फर्किदा खेलाडीहरु खुसि देखिएका छन् भने कोहली राम्रो टचमा देखिएका छन्। धोनी कप्तानीको चेन्नाई सुपर किंग्स भने २ खेलाडी कोरोना संक्रमित देखिएपछि थप २ दिन क्वारेन्टाइनमा बस्नेछ। चेन्नाईका २ खेलाडी दिपक चाहर र  ऋतुराज गायकवाडलाई कोरोना संक्रमण पाइएको थियो। 


आजनै सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पनि अभ्यास सुरु गरेको छ। सन्दिप भने यतिबेला करेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेका छन्। लिगमा सहभागिता पछि त्यहाँबाट सन्दिप लगायत खेलाडीहरु युएई आउनेछन्।

हेर्नुस बैंगलोरको अभ्यासको फोटोहरु :-

यो पनि पढ्नुस :-

https://wicketnepal.com/2-chennai-player-corona-wn20/

https://wicketnepal.com/stokes-father-brain-cancer-wn20/

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

https://wicketnepal.com/ipl-raina-bharat-farkiye-wn20/

https://wicketnepal.com/delhi-capitals-player-sams-wn20/

https://wicketnepal.com/nabi-3rd-best-bowling-wn20/

https://wicketnepal.com/kohli-father-wn20-ann/

https://wicketnepal.com/dhoni-saqlain-chetawani-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy