सिपिएल टि-२० मा लगातार १० औं खेलमा जित दर्ता गर्ने क्रममा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ९ विकेटले सहजै पराजित गरेको छ। लिगमा खराब प्रदर्शन गरेको सेन्ट किट्सले भने पुछारमा यात्रा समाप्त गर्ने क्रममा १० खेलमा १ जित मात्र गर्दा गर्न सक्यो। ट्रिनबागो यस अघिनै शिर्ष स्थानमा रहेर सेमीफाइनलमा प्रवेश गरिसकेको छ।

ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एन्ड टोबागोमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको सेन्ट किट्सले पहिलो इनिंगमा ७७ रनमा सबै विकेट गुमाएपछि ७८ रनको लक्ष्य ट्रिनबागोले ११.३ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पछ्याएको हो।
जितमा ट्रिनबागोको लागि ओपनर टायन वेब्स्टरले अविजित ४१ तथा टिम सेफर्टले अविजित १६ रन बनाए। वेब्स्टरले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै टिम सेफर्टले अविजित १६ रन बनाए। सेन्ट किट्सको लागि १ मात्र विकेट कप्तान रायद इमृटले लिए।
फवाद एहमदको उत्कृस्ट बलिंग
पहिलो इनिंगमा सेन्ट किट्सले १८.२ ओभरमा ७७ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि दिनेश रामदिनले सर्वाधिक १९, रायद इम्रिटले १५, इभिन लुइसले १२ तथा अल्जारी जोसेफले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ट्रिनबागोका लेग स्पिनर फवाद एहमदले सर्वाधिक ४ विकेट लिंदै सेन्ट किट्सको ब्याटिंग क्रम तहसनहस पारे। अकेल होसेनले २ ( ४-०-२५-२ ) तथा सिकन्दर राजा, प्रभिन ताम्बे, अलि खान र एण्डरसन फिलिपले समान १ विकेट लिए। लेग स्पिनर ताम्बेले ४ ओभरमा मात्र ९ रन खर्चिएका थिए।
लिग चरणको अन्तिम खेलमा आज राति १२ बजे सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट लुसिया जुक्ससंग प्रतिस्पर्धा गर्दैछ। पढ्नुस – जमैकाको १० औं खेल सेन्ट लुसिया बिरुद्ध
लिगको पहिलो सेमीफाइनामा सेप्टेम्बर ८ तारिख मंगलबार ट्रिनबागो र जमैका तलावाजले प्रतिस्पर्धा गर्नेछ। यस्तै दोश्रो सेमीफाइनलमा बुधबार बिहान गायनाले सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्नेछ। फाइनल सेप्टेम्बर १९ तारिखमा खेलिनेछ।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/eng-vs-aus-2nd-t20-mr-wn20/
https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/
https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/
https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/
https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/
https://wicketnepal.com/ganguly-about-ipl-viewership-wn20/
https://wicketnepal.com/3-player-who-plyed-for-csk-rcb-wn20/
https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/
