CPL : ट्रिनबागो १० औं खेलमा पनि अपराजित

सिपिएल टि-२० मा लगातार १० औं खेलमा जित दर्ता गर्ने क्रममा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ९ विकेटले सहजै पराजित गरेको छ। लिगमा खराब प्रदर्शन गरेको सेन्ट किट्सले भने पुछारमा यात्रा समाप्त गर्ने क्रममा १० खेलमा १ जित मात्र गर्दा गर्न सक्यो। ट्रिनबागो यस अघिनै शिर्ष स्थानमा रहेर सेमीफाइनलमा प्रवेश गरिसकेको छ।

ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एन्ड टोबागोमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको सेन्ट किट्सले पहिलो इनिंगमा ७७ रनमा सबै विकेट गुमाएपछि ७८ रनको लक्ष्य ट्रिनबागोले ११.३ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पछ्याएको हो।

जितमा ट्रिनबागोको लागि ओपनर टायन वेब्स्टरले अविजित ४१ तथा टिम सेफर्टले अविजित १६ रन बनाए। वेब्स्टरले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै टिम सेफर्टले अविजित १६ रन बनाए। सेन्ट किट्सको लागि १ मात्र विकेट कप्तान रायद इमृटले लिए।

फवाद एहमदको उत्कृस्ट बलिंग 

पहिलो इनिंगमा सेन्ट किट्सले १८.२ ओभरमा ७७ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि दिनेश रामदिनले सर्वाधिक १९, रायद इम्रिटले १५, इभिन लुइसले १२ तथा अल्जारी जोसेफले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लेग स्पिनर फवाद एहमदले ४ विकेट लिए

ट्रिनबागोका लेग स्पिनर फवाद एहमदले सर्वाधिक ४ विकेट लिंदै सेन्ट किट्सको ब्याटिंग क्रम तहसनहस पारे। अकेल होसेनले २ ( ४-०-२५-२ ) तथा सिकन्दर राजा, प्रभिन ताम्बे, अलि खान र एण्डरसन फिलिपले समान १ विकेट लिए। लेग स्पिनर ताम्बेले ४ ओभरमा मात्र ९ रन खर्चिएका थिए।

लिग चरणको अन्तिम खेलमा आज राति १२ बजे सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट लुसिया जुक्ससंग प्रतिस्पर्धा गर्दैछ। पढ्नुस जमैकाको १० औं खेल सेन्ट लुसिया बिरुद्ध 

लिगको पहिलो सेमीफाइनामा सेप्टेम्बर ८ तारिख मंगलबार ट्रिनबागो र जमैका तलावाजले प्रतिस्पर्धा गर्नेछ। यस्तै दोश्रो सेमीफाइनलमा बुधबार बिहान गायनाले सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्नेछ। फाइनल सेप्टेम्बर १९ तारिखमा खेलिनेछ।

यो पनि पढ्नुस :-

बटलरले उत्कृस्ट ब्याटिंग इंग्ल्यान्डले जित्यो टि-२० सिरिज

आईपीएलको खेलतालिका सार्वजनिक

२४ वर्ष अघि आजकै दिन नेपाली क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

IPL : आईपीएलबाट नाम फिर्ता लिएका ७ खेलाडीहरु र सट्टामा खेल्ने खेलाडीहरु

“यो पटक आईपीएल सर्वाधिक हेरिनेछ” गांगुली

आईपिएल: चेन्नाई र बैंगलोर दुवै टिमबाट खेलेका ३ चर्चित खेलाडी

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]