जैव-सुरक्षित घेरा तोड्दै परिवार भेट्न गएका बटलरले तेश्रो टि-२० खेल्न नपाउने

२०७७ भाद्र २२, सोमबार २०:११

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच जारि तिन टि-२० अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै इंग्ल्यान्डले २-० ले जितीसकेको छ। सिरिज अन्तर्गत अन्तिम खेल ८ सेप्टेम्बर मंगलबार एजेज बल स्टेडियम, साउथह्याम्पटनमा खेलिनेछ। फाइनल खेलमा इंग्ल्यान्डका फर्ममा रहेका आक्रामक ब्याट्सम्यान जोस बटलर नखेल्ने इंग्ल्यान्ड क्रिकेट बोर्डले बताएको छ।

दायाँ हाते ओपनिंग ओपनर बटलरले अस्ट्रेलिया बिरुद्ध पहिलो टि-२० मा ४४ रन तथा दोश्रो टि-२० मा अविजित ७७ रन बनाएर विकेटकिपरको रुपमा ३ वटा क्याच समेत समातेका थिए। बटलरनै दोश्रो खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए। इंग्ल्यान्डले सिरिज अन्तर्गत पहिलो खेल २ रनले तथा दोश्रो खेल ६ विकेटले जित्दै सिरिज आफ्नो नाम गरेको थियो।


इंग्ल्यान्ड क्रिकेट बोर्डले सोमबार जानकारी दिएको छ कि दोश्रो टि-२० खेलेपछि बटलरले बायो-सेक्योर बबाल ( जैव-सुरक्षित घेरा )  अर्थात् कोरोनाबाट बच्न सुरक्षाको लागि बनाइएको नियम तोडेका कारण उनले खेल्न नपाउने भएका हुन्। बटलर दोश्रो टि-२० पछि परिवारसंग समय बिताउन गएका थिए जसपछि इंग्ल्यान्ड बोर्डले उनि दोश्रो टि-२० खेल्न नपाउने बताएको हो।

इंग्ल्यान्ड बोर्डले यो पनि बताएको छ कि बटलर अस्ट्रेलियासंग सेप्टेम्बर ११ देखि सुरु हुने तिन वटा वानडे सिरिजको लागि भने उपलब्ध हुनेछन्। बोर्डले प्रेस बिज्ञप्तिमा लेखेको छ – “इंग्ल्यान्ड ब्याट्सम्यान बटलरले हिजो बेलुका जैव-सुरक्षित घेरालाई तोडेका छन् जो अस्ट्रेलिया बिरुद्ध जितपछि परिवार भेट्न गएका थिए”

https://wicketnepal.com/eng-vs-aus-t20-mr-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/cpl-semifinal-equation-wn20/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/subash-khakurel-9-best-innings-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy