जैव-सुरक्षित घेरा तोड्दै परिवार भेट्न गएका बटलरले तेश्रो टि-२० खेल्न नपाउने

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच जारि तिन टि-२० अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै इंग्ल्यान्डले २-० ले जितीसकेको छ। सिरिज अन्तर्गत अन्तिम खेल ८ सेप्टेम्बर मंगलबार एजेज बल स्टेडियम, साउथह्याम्पटनमा खेलिनेछ। फाइनल खेलमा इंग्ल्यान्डका फर्ममा रहेका आक्रामक ब्याट्सम्यान जोस बटलर नखेल्ने इंग्ल्यान्ड क्रिकेट बोर्डले बताएको छ।

दायाँ हाते ओपनिंग ओपनर बटलरले अस्ट्रेलिया बिरुद्ध पहिलो टि-२० मा ४४ रन तथा दोश्रो टि-२० मा अविजित ७७ रन बनाएर विकेटकिपरको रुपमा ३ वटा क्याच समेत समातेका थिए। बटलरनै दोश्रो खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए। इंग्ल्यान्डले सिरिज अन्तर्गत पहिलो खेल २ रनले तथा दोश्रो खेल ६ विकेटले जित्दै सिरिज आफ्नो नाम गरेको थियो।


इंग्ल्यान्ड क्रिकेट बोर्डले सोमबार जानकारी दिएको छ कि दोश्रो टि-२० खेलेपछि बटलरले बायो-सेक्योर बबाल ( जैव-सुरक्षित घेरा )  अर्थात् कोरोनाबाट बच्न सुरक्षाको लागि बनाइएको नियम तोडेका कारण उनले खेल्न नपाउने भएका हुन्। बटलर दोश्रो टि-२० पछि परिवारसंग समय बिताउन गएका थिए जसपछि इंग्ल्यान्ड बोर्डले उनि दोश्रो टि-२० खेल्न नपाउने बताएको हो।

इंग्ल्यान्ड बोर्डले यो पनि बताएको छ कि बटलर अस्ट्रेलियासंग सेप्टेम्बर ११ देखि सुरु हुने तिन वटा वानडे सिरिजको लागि भने उपलब्ध हुनेछन्। बोर्डले प्रेस बिज्ञप्तिमा लेखेको छ – “इंग्ल्यान्ड ब्याट्सम्यान बटलरले हिजो बेलुका जैव-सुरक्षित घेरालाई तोडेका छन् जो अस्ट्रेलिया बिरुद्ध जितपछि परिवार भेट्न गएका थिए”

बटलरले उत्कृस्ट ब्याटिंग इंग्ल्यान्डले जित्यो टि-२० सिरिज

IPL : आईपिएलको १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी

CPL : फाइनल पुग्न जमैकाले ट्रिनबागो र सेन्ट लुसियाले गायनासंग प्रतिस्पर्धा गर्ने

आईपीएलको खेलतालिका सार्वजनिक

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

सुबास खकुरेलको ९ उत्कृस्ट ब्याटिंग प्रदर्शन





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]