अस्ट्रेलिया बिरुद्ध वानडे टिममा जेसन रोयको कम्ब्याक

अस्ट्रेलियासंग तिन वटा एक दिवसीय अन्तर्राष्ट्रियको सिरिजको लागि इंग्ल्यान्डले १४ सदस्यीय टिमको घोषणा गरेको छ। टिममा जेसन रोयले कमब्याक गरेका थिए जो घाइते भएका कारण यस अघि टि-२० टिममा थिएनन्। यस्तै रोयले आईपीएलबाट समेत नाम फिर्ता लिएका थिए।

विश्वकप विजेता टिमले टि-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गर्दै नम्बर-१ वरियतामा पुगेका दवीड मलानलाई टिममा रिजर्भ खेलाडीको रुपमा समाबेश गरेको छ। मलानले २०१९ मेमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरे पछि एकदिवसीय खेलेका छैनन्।

औलामा चोटका कारण अस्ट्रेलिया बिरुद्ध सिरिजको तेश्रो टि-२० मा टिम बाहिर रहेका कप्तान मोर्गनले अस्ट्रेलिया बिरुद्ध कमब्याक गर्नेछन्। यस्तै दोश्रो टि-२० मा प्लेयर अफ द म्याच चुनिएपछि जैव सुरक्षित घेरा तोडेर परिवार भेट्न पुगेका बटलरले पनि एकदिवसीय सिरिजमा कम्ब्याक गर्नेछन्। जैव सुरक्षित घेरा तोडेका कारण उनलाई तेश्रो टि-२० बाट बाहिर राखिएको थियो। अस्ट्रेलियालाई टि-२० सिरिजमा इंग्ल्यान्डले २-१ ले पराजित गरेको थियो।

टि-२० वरियतामा नम्बर १ ब्याट्सम्यान मलानलाई रिजर्भ खेलाडीको रुपमा टिममा मौका दिईएको छ

एकदिवसीय सिरिज सेप्टेम्बर ११ तारिख, शुक्रबारबाट ओल्ड ट्रयाफोर्ड म्यानचेस्टरमा सुरु हुनेछ। तिन वटै खेल एकै मैदानमा खेलिनेछ। सेप्टेम्बर १३ मा दोश्रो तथा सेप्टेम्बर १६ मा तेश्रो खेल खेलिनेछ। त्यसपछि सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएल खेल्न दुवै टिमका खेलाडीहरु युएई प्रस्थान गर्नेछन्।

घोषित १४ सदस्यीय इंग्ल्यान्डको एकदिवसीय टिम :- ओएन मोर्गन ( कप्तान ) , मोइन अलि, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन, टम करन, आदील रशिद, जो रुट, जेसन रोय, क्रिस वोक्स र मार्क वुड

‘बैंगलोर टिम २०१६ पछिको सबैभन्दा सन्तुलित’- कोहली

मलान टि२० वरियताको शिर्षमा

IPL : स्टोक्सले आईपीएलको सुरुवाती खेल गुमाउन सक्ने

IPL : आईपिएलको १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]