अस्ट्रेलिया बिरुद्ध वानडे टिममा जेसन रोयको कम्ब्याक

अस्ट्रेलियासंग तिन वटा एक दिवसीय अन्तर्राष्ट्रियको सिरिजको लागि इंग्ल्यान्डले १४ सदस्यीय टिमको घोषणा गरेको छ। टिममा जेसन रोयले कमब्याक गरेका थिए जो घाइते भएका कारण यस अघि टि-२० टिममा थिएनन्। यस्तै रोयले आईपीएलबाट समेत नाम फिर्ता लिएका थिए।

विश्वकप विजेता टिमले टि-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गर्दै नम्बर-१ वरियतामा पुगेका दवीड मलानलाई टिममा रिजर्भ खेलाडीको रुपमा समाबेश गरेको छ। मलानले २०१९ मेमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरे पछि एकदिवसीय खेलेका छैनन्।

औलामा चोटका कारण अस्ट्रेलिया बिरुद्ध सिरिजको तेश्रो टि-२० मा टिम बाहिर रहेका कप्तान मोर्गनले अस्ट्रेलिया बिरुद्ध कमब्याक गर्नेछन्। यस्तै दोश्रो टि-२० मा प्लेयर अफ द म्याच चुनिएपछि जैव सुरक्षित घेरा तोडेर परिवार भेट्न पुगेका बटलरले पनि एकदिवसीय सिरिजमा कम्ब्याक गर्नेछन्। जैव सुरक्षित घेरा तोडेका कारण उनलाई तेश्रो टि-२० बाट बाहिर राखिएको थियो। अस्ट्रेलियालाई टि-२० सिरिजमा इंग्ल्यान्डले २-१ ले पराजित गरेको थियो।

टि-२० वरियतामा नम्बर १ ब्याट्सम्यान मलानलाई रिजर्भ खेलाडीको रुपमा टिममा मौका दिईएको छ

एकदिवसीय सिरिज सेप्टेम्बर ११ तारिख, शुक्रबारबाट ओल्ड ट्रयाफोर्ड म्यानचेस्टरमा सुरु हुनेछ। तिन वटै खेल एकै मैदानमा खेलिनेछ। सेप्टेम्बर १३ मा दोश्रो तथा सेप्टेम्बर १६ मा तेश्रो खेल खेलिनेछ। त्यसपछि सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएल खेल्न दुवै टिमका खेलाडीहरु युएई प्रस्थान गर्नेछन्।

घोषित १४ सदस्यीय इंग्ल्यान्डको एकदिवसीय टिम :- ओएन मोर्गन ( कप्तान ) , मोइन अलि, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन, टम करन, आदील रशिद, जो रुट, जेसन रोय, क्रिस वोक्स र मार्क वुड

https://wicketnepal.com/kohli-ipl-team-rcb-balance-wn20/

https://wicketnepal.com/t20i-rank-dawid-malan-no-1/

https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy