जाम्पा चम्किदा इंग्ल्यान्ड २३१ मै सिमित

२०७७ भाद्र २८, आईतवार २१:५७

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा तिन वानडेको सिरिज अन्तर्गत दोश्रो खेल जारि रहेको छ। खेलमा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाउदै अस्ट्रेलियालाई २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंग्ल्यान्डको लागि कप्तान ओएन मोर्गनले सर्वाधिक ४२, जो रेटले ३९, टम करनले ३७, आदील रशिदले अविजित ३५ रन तथा जेसन रोयए २१ रन बनाए। जोस बटलरले ३ रन बनाउदा अघिल्लो खेलमा शतक बनाएका स्याम बिलिंग्स ८ रन बनाएर आउट भए। जोनी बेयरस्टोले खाता खोल्न सकेनन्।

तेश्रो विकेटको लागि कप्तान मोर्गन र रुटले ६१ रनको साझेदारी गरे भने नवौं विकेटको लागि टम करन र आदील रशिदले ७६ रनको साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३६ रन खर्चिए। मिचेल स्टार्कले २ ( १०-१-३८-२ ) विकेट लिए भने जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो एकदिवसीय अस्ट्रेलियाले १९ रनले जितेको थियो। अस्ट्रेलियाले दिएको दिएको २९५ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले २७५ रन मात्र बनाउन सकेको थियो।

यो पनि पढ्नुस :-

राष्ट्रिय क्रिकेटर ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परि घाइते

श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy