जाम्पा चम्किदा इंग्ल्यान्ड २३१ मै सिमित

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा तिन वानडेको सिरिज अन्तर्गत दोश्रो खेल जारि रहेको छ। खेलमा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाउदै अस्ट्रेलियालाई २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंग्ल्यान्डको लागि कप्तान ओएन मोर्गनले सर्वाधिक ४२, जो रेटले ३९, टम करनले ३७, आदील रशिदले अविजित ३५ रन तथा जेसन रोयए २१ रन बनाए। जोस बटलरले ३ रन बनाउदा अघिल्लो खेलमा शतक बनाएका स्याम बिलिंग्स ८ रन बनाएर आउट भए। जोनी बेयरस्टोले खाता खोल्न सकेनन्।

तेश्रो विकेटको लागि कप्तान मोर्गन र रुटले ६१ रनको साझेदारी गरे भने नवौं विकेटको लागि टम करन र आदील रशिदले ७६ रनको साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३६ रन खर्चिए। मिचेल स्टार्कले २ ( १०-१-३८-२ ) विकेट लिए भने जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो एकदिवसीय अस्ट्रेलियाले १९ रनले जितेको थियो। अस्ट्रेलियाले दिएको दिएको २९५ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले २७५ रन मात्र बनाउन सकेको थियो।

यो पनि पढ्नुस :-

राष्ट्रिय क्रिकेटर ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परि घाइते

श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा





थप समाचार

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]