लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीले लयमा फर्कने क्रममा ऐतिहासिक कीर्तिमान आफ्नो नाम गरेका छन्। कोहलीले जारि सिजन पहिलो अर्धशतक बनाउने क्रममा लिग इतिहासमै ५,५०० रन बनाउने पहिलो क्रिकेटर बनेका छन्। कोहलीले राजस्थान बिरुद्ध लिगको १५ औं खेलमा ५३ बलमा ७२ रन बनाउने क्रममा उक्त कीर्तिमान आफ्नो नाम गरेका हुन्।

कोहलीले अविजित इनिंग खेल्दै टिमलाई जित दिलाउने क्रममा ७ चौका र २ छक्का प्रहार गरेका थिए जसको मद्दतले टिम ८ विकेटले विजयी भयो।

बैंगलोर कप्तान हाल लिग इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा रहेका छन्। उनले १८१ खेल खेल्ने क्रममा ३७.६८ को औशत र १३१.८ को स्ट्राइक रेटले ५,५०२ रन बनाएका छन्। यस क्रममा कोहलीले ५ शतक र ३७ अर्धशतक प्रहार गरेका छन्। कोहलीले करियरमा सबैभन्दा बढी रन २०१६ मा बनाएका थिए। उक्त सिजन १६ खेलमा कोहलीले ४ शतक र ७ अर्धशतक मद्दतले ९७३ रन बनाएका थिए।

कोहलीले जारि लिगको पहिलो ३ खेलमा १४, १ र ३ रन बनाएका थिए। दबाबमा कोहलीले तेश्रो नम्बरमा ब्याटिंग गर्दै उत्कृस्ट कम्ब्याक गरेका हुन्। रन बनाउदै कोहलीले आलोचकहरुलाई जवाफ पनि दिएका छन्।

आईपीएल इतिहासमा कोहली पछि धेरै रन बनाउने ब्याट्सम्यान सुरेश रैना ( ५३६८ हुन् ) ।  तेश्रो धेरै रोहित शर्मा ( ५०६८ ) , चौथो धेरै डेभिड वार्नर ( ४८२१ ) तथा पाँचौ धेरै रन शिखर धावन ( ४६७४ ) ले बनाएका छन्।

खेलमा कोहलीले ओपनर आरोन फिन्च आउट भएपछि देभदत्त पडीक्कलसंग ९९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। त्यसपछि डी भिल्लीयर्ससंग मिलेर ५ बल बाँकी छदै टिमलाई जितसम्म पुर्याएका थिए।

जितपछि बैंगलोर लिग अंकतालिकामा ६ अंक सहित पहिलो स्थानमा पनि उक्लेको छ। बैंगलोरले अब आगामी खेल सोमबार दिल्ली बिरुद्ध खेल्नेछ।

IPL : कोहली फर्ममा फर्किदा बैंगलोरको तेश्रो जित, अंकतालिकाको शिर्ष स्थानमा

धोनीलाई लक्षित गर्दै पठानको व्यंग्यात्मक ट्वीट “कसैको लागि उमेर अंक मात्रै, अरुको लागि खेल छोड्ने कारण”

आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल

टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]