आईपीएल २०२० बाट बाहिरीएपछि कोहलीले के भने

२०७७ कार्तिक २२, शनिबार ००:०३

इलिमीनेटरमा सनराइजर्स हैदरावादसंग पराजित हुँदै आईपीएल २०२० बाट बाहिरिएपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीले टिमले पहिले ब्याटिंग गर्दै पर्याप्त रन बनाउन नसक्नु हारको कारण बनेको बताएका छन्।

शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सकेको थियो। हैदरावादले मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै दोश्रो क्वालीफायरमा स्थान बनायो।

“यदी तपाई पहिलो इनिंगको कुरा गर्नुहुन्छ भने मलाई लाग्दैन हामीले पर्याप्त योगफल बनाउन सक्यौं। दोश्रो इनिंगमा हामिले योजनाहरु राम्रो लागु गर्न सक्यौं। मेरो बिचारमा हामीले पहिलो इनिंगमा पर्याप्त रन बनाउन सकेनौं।”

“उनीहरुले हामीलाई पहिलो इनिंगमा दबाबमा राखे। केहि दुर्भाग्यपूर्ण तरिकाले आउट भए जसपछि हामीले पर्याप्त रन बनाउन सकेनौं। हामी खेलको कुनै पनि बेला बिपक्षी भन्दा पर थिएनौं। बलरहरुले सहि ठाउँमा बलिंग गर्दै दबाब बनाए।”  कोहलीले बताए।

लिगको पहिलो चरणमा उत्कृस्ट प्रदर्शन गरेता पनि दोश्रो चरणमा इलिमिनेटरको हार अघि बैंगलोर लगातार ४ खेलमा पराजित भएको थियो। कोहलीले भाग्यलाई पनि दोष दिए –

“पछिल्लो २-३ खेलमा हामीले हानेको सट सोझै फिल्डर भए ठाउँमा पुग्थ्यो , धेरै राम्रो सटहरु फिल्डरतिर पुग्थ्यो। पछिल्लो ४-५ खेल निकै अनौठो थियो।”

खेलमा बिराट कोहलीको विकेट लिएपछि हैदरावाद फास्ट बलर जेसन होल्डरको खुसि

कोहलीले लिगको पछिल्लो खेलहरुमा टिमले रन बनाउन नसक्नु पछाडीको कारण सोध्दा बताए – “थोरै नर्भस भएर हुन सक्छ र थोरै दुबिधा। हामीले ब्याटबाट बढी प्रयास गर्न सक्नुपर्थ्यो।”

कोहलीले टिमको सकारात्मक पक्षहरुबारे बोल्दै यो सिजन डेब्यु गरेका ओपनर देभदत्त पडीक्कलको तारिफ गरे –

“केहि खेलाडीहरुको लागि सिजन राम्रो रह्यो। देभदत्त ति मध्ये एक हुन् भने सिराजले पनि राम्रो पुनरागमन गरे। युजी ( युजभेन्द्र ) सधै जस्तै उत्कृस्ट थिए, एबि सधै जस्तै उत्कृस्ट थिए। ४०० रन बनाउनु सहज कुरा हैन उनले ( देभदत्त ) कला र विश्वास देखाए। उनको लागि खुसि छु। अरुले पनि योगदान दिएका छन् तर पर्याप्त थिएन।”

पडीक्कलले यो सिजन बनाएको ४७३ रन डेब्यु सिजनमा अन-क्याप्ड भारतीय खेलाडीले बनाएको सर्वाधिक रन हो।

“यसले पनि आईपीएलमा टिमहरुको बलियो पक्ष देखाउछ। सबै टिमसंग बलियो खेलाडीहरु रहेका छन्। अर्को कुरा यो पटक मात्र ३ वटा मैदानमा खेल्दा होम-अवे फाइदा पनि थिएन। सबैको लागि उही अवस्था थियो। त्यसैले पनि यो सिजन निकै प्रतिस्पर्धात्मक रह्यो।”

“हामिलाई समर्थन गर्ने सम्पूर्ण फ्यानहरुलाई धन्यवाद भन्न चाहन्छु।” कोहलीले बताए।

हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ। लिगमा बैंगलोरको यो लगातार पाँचौ हार हो। यस अघि लगातार ४ हार बेहोरेता पनि लिगको चौथो स्थानमा रहँदै बैंगलोर प्ले-अफ प्रवेश गरेको थियो। हैदरावादको लिगमा यो लगातार चौथो जित हो।

हैदरावादले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार अबुधाबीमा खेलिनेछ। मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

https://wicketnepal.com/ipl-elim-report-srh-vs-rcb-wn20/

https://wicketnepal.com/rashtriy-teamle-prashishn-suru-garne-wn20/

https://wicketnepal.com/rohit-bumrah-records-iplplayoff-wn20/

https://wicketnepal.com/delhi-captain-iyer-react-after-mi-loss-wn20-1st-qf/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy