आईपीएल २०२० बाट बाहिरीएपछि कोहलीले के भने

इलिमीनेटरमा सनराइजर्स हैदरावादसंग पराजित हुँदै आईपीएल २०२० बाट बाहिरिएपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीले टिमले पहिले ब्याटिंग गर्दै पर्याप्त रन बनाउन नसक्नु हारको कारण बनेको बताएका छन्।

शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सकेको थियो। हैदरावादले मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै दोश्रो क्वालीफायरमा स्थान बनायो।

“यदी तपाई पहिलो इनिंगको कुरा गर्नुहुन्छ भने मलाई लाग्दैन हामीले पर्याप्त योगफल बनाउन सक्यौं। दोश्रो इनिंगमा हामिले योजनाहरु राम्रो लागु गर्न सक्यौं। मेरो बिचारमा हामीले पहिलो इनिंगमा पर्याप्त रन बनाउन सकेनौं।”

“उनीहरुले हामीलाई पहिलो इनिंगमा दबाबमा राखे। केहि दुर्भाग्यपूर्ण तरिकाले आउट भए जसपछि हामीले पर्याप्त रन बनाउन सकेनौं। हामी खेलको कुनै पनि बेला बिपक्षी भन्दा पर थिएनौं। बलरहरुले सहि ठाउँमा बलिंग गर्दै दबाब बनाए।”  कोहलीले बताए।

लिगको पहिलो चरणमा उत्कृस्ट प्रदर्शन गरेता पनि दोश्रो चरणमा इलिमिनेटरको हार अघि बैंगलोर लगातार ४ खेलमा पराजित भएको थियो। कोहलीले भाग्यलाई पनि दोष दिए –

“पछिल्लो २-३ खेलमा हामीले हानेको सट सोझै फिल्डर भए ठाउँमा पुग्थ्यो , धेरै राम्रो सटहरु फिल्डरतिर पुग्थ्यो। पछिल्लो ४-५ खेल निकै अनौठो थियो।”

खेलमा बिराट कोहलीको विकेट लिएपछि हैदरावाद फास्ट बलर जेसन होल्डरको खुसि

कोहलीले लिगको पछिल्लो खेलहरुमा टिमले रन बनाउन नसक्नु पछाडीको कारण सोध्दा बताए – “थोरै नर्भस भएर हुन सक्छ र थोरै दुबिधा। हामीले ब्याटबाट बढी प्रयास गर्न सक्नुपर्थ्यो।”

कोहलीले टिमको सकारात्मक पक्षहरुबारे बोल्दै यो सिजन डेब्यु गरेका ओपनर देभदत्त पडीक्कलको तारिफ गरे –

“केहि खेलाडीहरुको लागि सिजन राम्रो रह्यो। देभदत्त ति मध्ये एक हुन् भने सिराजले पनि राम्रो पुनरागमन गरे। युजी ( युजभेन्द्र ) सधै जस्तै उत्कृस्ट थिए, एबि सधै जस्तै उत्कृस्ट थिए। ४०० रन बनाउनु सहज कुरा हैन उनले ( देभदत्त ) कला र विश्वास देखाए। उनको लागि खुसि छु। अरुले पनि योगदान दिएका छन् तर पर्याप्त थिएन।”

पडीक्कलले यो सिजन बनाएको ४७३ रन डेब्यु सिजनमा अन-क्याप्ड भारतीय खेलाडीले बनाएको सर्वाधिक रन हो।

“यसले पनि आईपीएलमा टिमहरुको बलियो पक्ष देखाउछ। सबै टिमसंग बलियो खेलाडीहरु रहेका छन्। अर्को कुरा यो पटक मात्र ३ वटा मैदानमा खेल्दा होम-अवे फाइदा पनि थिएन। सबैको लागि उही अवस्था थियो। त्यसैले पनि यो सिजन निकै प्रतिस्पर्धात्मक रह्यो।”

“हामिलाई समर्थन गर्ने सम्पूर्ण फ्यानहरुलाई धन्यवाद भन्न चाहन्छु।” कोहलीले बताए।

हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ। लिगमा बैंगलोरको यो लगातार पाँचौ हार हो। यस अघि लगातार ४ हार बेहोरेता पनि लिगको चौथो स्थानमा रहँदै बैंगलोर प्ले-अफ प्रवेश गरेको थियो। हैदरावादको लिगमा यो लगातार चौथो जित हो।

हैदरावादले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार अबुधाबीमा खेलिनेछ। मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

https://wicketnepal.com/ipl-elim-report-srh-vs-rcb-wn20/

https://wicketnepal.com/rashtriy-teamle-prashishn-suru-garne-wn20/

https://wicketnepal.com/rohit-bumrah-records-iplplayoff-wn20/

https://wicketnepal.com/delhi-captain-iyer-react-after-mi-loss-wn20-1st-qf/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]