क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

२०७७ मंसिर १७, बुधबार १२:०५

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै छनोट समिति निर्माण गरको छ।

क्यानले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै कर्माचार्यको संयोजकत्वमा छनोट समिति तथा संघका बरिष्ठ उपाध्यक्ष राजबाबु श्रेष्ठ संयोजक रहने गरि क्रिकेट समिति गठन गरेको हो। दुवै समितिका अन्य सदस्यहरु भने आगामी बैठकबाट थपिने क्यानले बताएको छ।

नेपाली क्रिकेट टिमले लामो अन्तराल पछि छनोट समिति पाएको छ। आईसीसीले नेपाल क्रिकेट संघ प्रतिबन्ध गर्दा टिम कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा, उमेश पटवालले टिमको छनोट गर्दै आएका थिए।

जनकपुरमा २०१९ सालमा जन्मिएका कर्माचार्यले नेपाली राष्ट्रिय टिमले मलेसियामा १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफी खेल्दा टिमको कप्तानी गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy