क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै छनोट समिति निर्माण गरको छ।

क्यानले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै कर्माचार्यको संयोजकत्वमा छनोट समिति तथा संघका बरिष्ठ उपाध्यक्ष राजबाबु श्रेष्ठ संयोजक रहने गरि क्रिकेट समिति गठन गरेको हो। दुवै समितिका अन्य सदस्यहरु भने आगामी बैठकबाट थपिने क्यानले बताएको छ।

नेपाली क्रिकेट टिमले लामो अन्तराल पछि छनोट समिति पाएको छ। आईसीसीले नेपाल क्रिकेट संघ प्रतिबन्ध गर्दा टिम कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा, उमेश पटवालले टिमको छनोट गर्दै आएका थिए।

जनकपुरमा २०१९ सालमा जन्मिएका कर्माचार्यले नेपाली राष्ट्रिय टिमले मलेसियामा १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफी खेल्दा टिमको कप्तानी गरेका थिए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]