प्रधानमन्त्री कप : नेरीको कप्तानीमा लुम्बिनी टिम

पुस ११ बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले महिला टिमको घोषणा गरेको छ ।

लुम्बिनीले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको पूर्व कप्तान समेत रहेकी नेरी थापामगरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालगञ्जमा सम्पन्न लुम्बिनी प्रदेश छनोट प्रतियोगितलाई आधार मानेर टिम घोषणा गरिएको हो । छनोट प्रतियोगितामा दाङ, रुपन्देही र बाँके जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।

मुख्य छनोटकर्ता कैलास रोका मगर सहित मोहम्मद इर्फान खान र मानबहादुर थापाको सिमितिले खेलाडीको छनोट गरेको हो ।

प्रधानमन्त्री कपमा ६ प्रदेश र एक विभागीय टोली (एफिएफ) गरेर ७ टिमको सहभागिता रहनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले कर्णालीलाई प्रादेशिक छनोटमा लुम्बिनीसँग जोडेको छ । कर्णाली प्रदेशमा सुर्खेत जिल्लाले मात्र क्यानको सदस्यता पाएकाले उसलाई लुम्बिनीमा जोडिएको हो ।

लुम्बिनी प्रदेशको टिम

नेरी थापामगर (कप्तान), सरस्वती पुन (उप कप्तान), गीता गोसाई, कृतिका मरासिनी, स्वस्तिका बजगाईं, सरिता जिसी, शर्मिला रोकामगर, लक्ष्मी चौधरी, मधु डिसी, सरस्वती जिएम, सुस्मिता भुसाल, नितु भण्डारी, वर्षा राना र एलिसा केसी

वैकल्पिक खेलाडी

जिज्ञाषा थापा, कृति सेन, सोनम पुन र अस्मा पुलामी





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]