प्रधानमन्त्री कप : नेरीको कप्तानीमा लुम्बिनी टिम

पुस ११ बाट दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले महिला टिमको घोषणा गरेको छ ।

लुम्बिनीले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको पूर्व कप्तान समेत रहेकी नेरी थापामगरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालगञ्जमा सम्पन्न लुम्बिनी प्रदेश छनोट प्रतियोगितलाई आधार मानेर टिम घोषणा गरिएको हो । छनोट प्रतियोगितामा दाङ, रुपन्देही र बाँके जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।

मुख्य छनोटकर्ता कैलास रोका मगर सहित मोहम्मद इर्फान खान र मानबहादुर थापाको सिमितिले खेलाडीको छनोट गरेको हो ।

प्रधानमन्त्री कपमा ६ प्रदेश र एक विभागीय टोली (एफिएफ) गरेर ७ टिमको सहभागिता रहनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले कर्णालीलाई प्रादेशिक छनोटमा लुम्बिनीसँग जोडेको छ । कर्णाली प्रदेशमा सुर्खेत जिल्लाले मात्र क्यानको सदस्यता पाएकाले उसलाई लुम्बिनीमा जोडिएको हो ।

लुम्बिनी प्रदेशको टिम

नेरी थापामगर (कप्तान), सरस्वती पुन (उप कप्तान), गीता गोसाई, कृतिका मरासिनी, स्वस्तिका बजगाईं, सरिता जिसी, शर्मिला रोकामगर, लक्ष्मी चौधरी, मधु डिसी, सरस्वती जिएम, सुस्मिता भुसाल, नितु भण्डारी, वर्षा राना र एलिसा केसी

वैकल्पिक खेलाडी

जिज्ञाषा थापा, कृति सेन, सोनम पुन र अस्मा पुलामी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy