कर्णालीद्वारा लुम्बिनीलाई ३५ रनको लक्ष्य

दाङको लमहीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन बनाउदै लुम्बिनीलाई ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड  

कुहिरोको कारण खेल ढिला सुरु भएकोले इनिंग्स १३ ओभरमा झारिएको थियो।

कर्णालीको ब्याटिंगमा दिक्ष्या पुरीले सर्वाधिक ८ रन, अंशु शाक्यले अविजित ७ रन योगदान दिईन्। तृष्णा बिश्वकर्मा, मोनिका राना र लक्ष्मी रिमालले समान २ रन बनाए। अतिरिक्तको रुपमा पाएको १३ रन कर्णालीको स्कोरमा सर्वाधिक योगदान रह्यो।

कर्णालीको लागि दीक्षा पुरीले मात्र चौका प्रहार गर्न सकिन् जसले २ चौका प्रहार गरिन्।

लुम्बिनीको बलिंगमा नेरी थापाले २ ( ३-०-१३-२ ) तथा गीता गोसाई र सरिता जिसीले समान १ विकेट हात पारे। लुम्बिनीले २ वटा विकेट रन आउट मार्फत लियो।

कर्णाली हिजो भएको खेलमा एपीएफसंग २०४ रनले पराजित भएको थियो जुन क्रममा एपीएफले दिएको २३६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३१ रन मात्र बनाउन सकेको थियो।

आजको खेलमा पराजित भए कर्णाली प्रतियोगिताबाट बाहिरिनेछ भने लुम्बिनी सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम बन्नेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]