कर्णालीद्वारा लुम्बिनीलाई ३५ रनको लक्ष्य

दाङको लमहीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन बनाउदै लुम्बिनीलाई ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड  

कुहिरोको कारण खेल ढिला सुरु भएकोले इनिंग्स १३ ओभरमा झारिएको थियो।

कर्णालीको ब्याटिंगमा दिक्ष्या पुरीले सर्वाधिक ८ रन, अंशु शाक्यले अविजित ७ रन योगदान दिईन्। तृष्णा बिश्वकर्मा, मोनिका राना र लक्ष्मी रिमालले समान २ रन बनाए। अतिरिक्तको रुपमा पाएको १३ रन कर्णालीको स्कोरमा सर्वाधिक योगदान रह्यो।

कर्णालीको लागि दीक्षा पुरीले मात्र चौका प्रहार गर्न सकिन् जसले २ चौका प्रहार गरिन्।

लुम्बिनीको बलिंगमा नेरी थापाले २ ( ३-०-१३-२ ) तथा गीता गोसाई र सरिता जिसीले समान १ विकेट हात पारे। लुम्बिनीले २ वटा विकेट रन आउट मार्फत लियो।

कर्णाली हिजो भएको खेलमा एपीएफसंग २०४ रनले पराजित भएको थियो जुन क्रममा एपीएफले दिएको २३६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३१ रन मात्र बनाउन सकेको थियो।

आजको खेलमा पराजित भए कर्णाली प्रतियोगिताबाट बाहिरिनेछ भने लुम्बिनी सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम बन्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy