अस्ट्रेलियाको माथिल्लो क्रम धरासायी बन्दा भारत जितको बाटोमा

२०७७ पुष १३, सोमबार १३:१०

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत दोश्रो टेस्टको तेश्रो दिनको समाप्तिमा भारत बलियो अवस्थामा पुगेको छ।

टेस्टको पहिलो इनिंगमा अस्ट्रेलियाले १९५ रन बनाएपछि भारतले दोश्रो इनिंगमा ३२६ रन बनाउदै पहिलो इनिंगमा १३१ रनको अग्रता हाँसिल गरेको थियो।

सोमबार दोश्रो इनिंग सुरु गरेको अस्ट्रेलियाले दिनको समाप्तिमा ६ विकेट गुमाएर १३३ रन बनाएको छ। अस्ट्रेलियाले २ रनको अग्रता हाँसिल गरेता पनि साथमा ४ विकेट मात्र बाँकी रहेको छ।

अस्ट्रेलियाका ओपनर म्याथु वेड ४०, मार्नस लाबुसेन २८, ट्रेभीस हेड १७, स्टिभ स्मिथ ८, जोए बर्न्स ४ तथा टिम पेन १ रन बनाएर आउट भए। दिनको समाप्तमा क्रिजमा क्यामरन ग्रिन १७ तथा प्याट कमिन्स १५ रन बनाएर अविजित रहेका छन्।

क्यामरन र ग्रिनले सातौँ विकेटको लागि ३४ रनको साझेदारी गरिसकेका छन्।

स्टिभ स्मिथ पुनः असफल भए

ओपनर बर्न्सलाई उमेश यादवले छिट्टै आउट गरेपछि वेड र लाबुसेनले दोश्रो विकेटको लागि ३८ रनको साझेदारी गरेका थिए। लाबुसेनलाई आश्विनले रहानेबाट क्याच आउट गराएपछि उसले छिटो अन्तरलमा विकेट गुमायो। स्टिभ स्मिथलाई बुम्राहले बोल्ड गरे जसपछि एक किनार सम्हालीरहेका वेडलाइ रभिन्द्र जडेजाले एलबिडब्लु आउट गरे। ट्रेभिस हेडलाई सिराजले तथा कप्तान टिम पेनलाई जडेजाले क्याच आउट गराए।

भारतको बलिंगमा रभिन्द्र जडेजाले २ विकेट ( १०-३-२५-२ ) लिएका छन् भने जस्प्रित बुम्राह ( १७-४-३४-१ ) , उमेश यादव ( ३.३-०-५-१ ) , मोहम्मद सिराज ( १२.३-१-२३-१ ) र रभीचन्द्रन आश्विनले ( २३-४-४६-१ ) समान १ विकेट लिए।

यस अघि भारतले दोश्रो इनिंगमा अजिंके रहानेको ११२ तथा जडेजाको ५७ रन मद्दतले ३२६ रन बनाएको थियो। अस्ट्रेलियाको लागि नाथन लायन र मिचेल स्टार्कले समान ३ तथा प्याट कमिन्सले २ विकेट लिए।

४ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट अस्ट्रेलियाले जित्दै १-० ले अघि रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy