अस्ट्रेलियाको माथिल्लो क्रम धरासायी बन्दा भारत जितको बाटोमा

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत दोश्रो टेस्टको तेश्रो दिनको समाप्तिमा भारत बलियो अवस्थामा पुगेको छ।

टेस्टको पहिलो इनिंगमा अस्ट्रेलियाले १९५ रन बनाएपछि भारतले दोश्रो इनिंगमा ३२६ रन बनाउदै पहिलो इनिंगमा १३१ रनको अग्रता हाँसिल गरेको थियो।

सोमबार दोश्रो इनिंग सुरु गरेको अस्ट्रेलियाले दिनको समाप्तिमा ६ विकेट गुमाएर १३३ रन बनाएको छ। अस्ट्रेलियाले २ रनको अग्रता हाँसिल गरेता पनि साथमा ४ विकेट मात्र बाँकी रहेको छ।

अस्ट्रेलियाका ओपनर म्याथु वेड ४०, मार्नस लाबुसेन २८, ट्रेभीस हेड १७, स्टिभ स्मिथ ८, जोए बर्न्स ४ तथा टिम पेन १ रन बनाएर आउट भए। दिनको समाप्तमा क्रिजमा क्यामरन ग्रिन १७ तथा प्याट कमिन्स १५ रन बनाएर अविजित रहेका छन्।

क्यामरन र ग्रिनले सातौँ विकेटको लागि ३४ रनको साझेदारी गरिसकेका छन्।

स्टिभ स्मिथ पुनः असफल भए

ओपनर बर्न्सलाई उमेश यादवले छिट्टै आउट गरेपछि वेड र लाबुसेनले दोश्रो विकेटको लागि ३८ रनको साझेदारी गरेका थिए। लाबुसेनलाई आश्विनले रहानेबाट क्याच आउट गराएपछि उसले छिटो अन्तरलमा विकेट गुमायो। स्टिभ स्मिथलाई बुम्राहले बोल्ड गरे जसपछि एक किनार सम्हालीरहेका वेडलाइ रभिन्द्र जडेजाले एलबिडब्लु आउट गरे। ट्रेभिस हेडलाई सिराजले तथा कप्तान टिम पेनलाई जडेजाले क्याच आउट गराए।

भारतको बलिंगमा रभिन्द्र जडेजाले २ विकेट ( १०-३-२५-२ ) लिएका छन् भने जस्प्रित बुम्राह ( १७-४-३४-१ ) , उमेश यादव ( ३.३-०-५-१ ) , मोहम्मद सिराज ( १२.३-१-२३-१ ) र रभीचन्द्रन आश्विनले ( २३-४-४६-१ ) समान १ विकेट लिए।

यस अघि भारतले दोश्रो इनिंगमा अजिंके रहानेको ११२ तथा जडेजाको ५७ रन मद्दतले ३२६ रन बनाएको थियो। अस्ट्रेलियाको लागि नाथन लायन र मिचेल स्टार्कले समान ३ तथा प्याट कमिन्सले २ विकेट लिए।

४ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट अस्ट्रेलियाले जित्दै १-० ले अघि रहेको छ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]