बिग ब्यास : मेलबर्न बिरुद्ध सन्दिप विकेटविहिन

२०७७ माघ १३, मंगलवार ११:५३

बिग ब्यास लिग अन्तर्गत सिजनको सातौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन भएका छन्।

प्रतियोगिताको लिग चरणको अन्तिम खेल खेल्ने क्रममा होबार्टले टस जितेर फिल्डिंग रोजेको थियो। खेलमा सन्दिपले १६ औं ओभरमा स्पेल समाप्त गर्ने क्रममा ४ ओभरमा ३५ रन खर्चेर विकेटविहिन रहे। लिगमा सन्दिप तेश्रो पटक विकेटविहिन भएका हुन्।

आठौँ ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ७ रन खर्चिए। स्पेल निरन्तरता दिने क्रममा दशौँ ओभरमा ८ रन खर्चिए भने १२ औं ओभरमा मात्र ५ रन खर्चिए। स्पेलको पहिलो ३ ओभरमा सन्दिपले कुनै पनि बाउन्ड्री दिएनन्। तर डेथ ओभरमा १६ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्ने क्रममा सन्दिप महँगो सावित भए। सन्दिपलाई क्रिजमा जमेका म्याकेन्जी हार्भेले ओभरको पहिलो र चौथो बलमा छक्का प्रहार गरे। ओभरमा सन्दिपले १५ रन खर्चिए। ४ ओभरमा सन्दिपले ३५ रन खर्चदै विकेटविहिन रहे।

लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट, स्टार्स बिरुद्ध दोश्रो खेलमा १ विकेट लिएका थिए। तेश्रो खेलमा पर्थ स्करचर्स र सिड्नी थन्डर्स बिरुद्ध सन्दिप विकेटविहिन रहे। त्यसपछि पर्थसंग पाँचौ र सिड्नी बिरुद्ध छैठौं खेलमा सन्दिपले २/२ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy