बिग ब्यास : मेलबर्न बिरुद्ध सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत सिजनको सातौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन भएका छन्।

प्रतियोगिताको लिग चरणको अन्तिम खेल खेल्ने क्रममा होबार्टले टस जितेर फिल्डिंग रोजेको थियो। खेलमा सन्दिपले १६ औं ओभरमा स्पेल समाप्त गर्ने क्रममा ४ ओभरमा ३५ रन खर्चेर विकेटविहिन रहे। लिगमा सन्दिप तेश्रो पटक विकेटविहिन भएका हुन्।

आठौँ ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ७ रन खर्चिए। स्पेल निरन्तरता दिने क्रममा दशौँ ओभरमा ८ रन खर्चिए भने १२ औं ओभरमा मात्र ५ रन खर्चिए। स्पेलको पहिलो ३ ओभरमा सन्दिपले कुनै पनि बाउन्ड्री दिएनन्। तर डेथ ओभरमा १६ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्ने क्रममा सन्दिप महँगो सावित भए। सन्दिपलाई क्रिजमा जमेका म्याकेन्जी हार्भेले ओभरको पहिलो र चौथो बलमा छक्का प्रहार गरे। ओभरमा सन्दिपले १५ रन खर्चिए। ४ ओभरमा सन्दिपले ३५ रन खर्चदै विकेटविहिन रहे।

लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट, स्टार्स बिरुद्ध दोश्रो खेलमा १ विकेट लिएका थिए। तेश्रो खेलमा पर्थ स्करचर्स र सिड्नी थन्डर्स बिरुद्ध सन्दिप विकेटविहिन रहे। त्यसपछि पर्थसंग पाँचौ र सिड्नी बिरुद्ध छैठौं खेलमा सन्दिपले २/२ विकेट लिएका थिए।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]