टि-१० लिग : दोश्रो खेलमा पनि कुशलले मौका पाएनन्

२०७७ माघ १७, शनिबार २०:०१

Kushal Malla

युएईमा जारी अबु धाबी टि-१० लिग अन्तर्गत आठौँ खेलमा टिम अबु धाबी र कलन्दर्स प्रतिस्पर्धा गर्दैछन्। खेलमा टस जितेर कलन्दर्सले फिल्डिंग रोज्दै टिम अबु धाबीलाई ब्याटिंगको निम्तो दिएको छ।

दोश्रो खेलमा पनि टिम अबु धाबीले नेपाली ब्याट्सम्यान कुशल मल्ललाई अन्तिम-११ मा मौका दिएको छैन। पहिलो खेलमा पनि डेक्कन ग्ल्याडीएटर्ससंग कुशललाई बाहिर राखिएको थियो। खेलमा टिम अबु धाबी ६ विकेटले पराजित भएको थियो।

टिम अबु धाबीको अन्तिम ११ : Chris Gayle, Luke Wright(c), Paul Stirling, Ben Duckett(w), Joe Clarke, Najibullah Zadran, Rohan Mustafa, Jamie Overton, Obed McCoy, Usman Shinwari, Naveen-ul-Haq

कलन्दर्सको अन्तिम ११ : Tom Banton, Sharjeel Khan, Sohail Akhtar(c), Asif Ali, Ben Dunk(w), Samit Patel, Shahid Afridi, Chris Jordan, Sohail Tanvir, Sultan Ahmed, Danyal Ahmed

प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा अर्का नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले लगातार दोश्रो हार बेहोर्ने क्रममा दिल्ली बुल्ससंग ६ विकेटले पराजित भयो। खेलमा १ ओभर बलिंग पाएका सोमपालले १२ रन खर्चिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy