प्रम कप : सन्दिप जोरासंग भनाभन गर्दा राजेश पुलामीलाई कारवाही

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको शनिवार फाइनलको क्रममा नेपाल एपीएफ क्लबको ब्याट्सम्यान आउट भएपछि उनिसंग भनाभन गरेका त्रिभुवन आर्मी क्लबका खेलाडी राजेश पुलामीलाई कारवाही गरिएको छ।

खेलको दोश्रो इनिंग्समा एपीएफका ब्याट्सम्यान सन्दिप जोरा आउट भएपछि पेभेलियनतर्फ फर्कने क्रममा पुलामीले जोरालाई केहि भनेपछि जोरा र पुलामी बीच मैदानमै भनाभन भएको थियो। त्यसपछि जोरा र पुलामी बीच भनाभन भएको थियो।

दुवै जना एकअर्का बिरुद्ध हात हालाहाल गर्ने स्थितिमा पुग्ने देखेपछि आर्मीका फिल्डर आकाश चन्दले दुवैलाई रोकेका थिए। त्यसपछि जोरा पछाडी फर्केर केहि बोल्दै पेभेलियन फर्किएका थिए।

खेल समाप्ति पछि पनि पुलामी र जोराको खेलको क्रमको विवादले निरन्तरता पायो। खेल पछि आर्मी र एपीएफको टिमले हात मिलाउने क्रममा पुनः दुवै खेलाडी बीच घम्साघम्सी भएको थियो त्यस क्रममा राजेश पुलामीलाई रोहित पौडेल र सुशन भारिले छुटाएका थिए। त्यसपछि पनि पुलामी र जोरा शान्त हुने मुडमा थिएनन् तर उनलाई साथी खेलाडीले जोरासम्म जानबाट रोकेका थिए। त्यसपछि पुलामी पेभेलियनतर्फ गएका थिए।

 

खेलपछि राजेश पुलामीलाई खेलाडी आचारसंहिताको २.५ धारा अन्तर्गत कारवाही गरेको छ। उक्त धारामा फिल्डरले आउट भएका बिपक्षी ब्याट्सम्यानलाई आक्रोसित हुन उक्साउने क्रियाकलाप गर्नु रहेको छ। म्याच रेफ्री विनय कुमार झाले उनलाई कारवाही गरेका हुन्।

पुलामीले आफुले गरेको गल्ति म्याच रेफ्रीसंग स्वीकार गरिसकेका छन्। प्रतियोगितामा म्याच फि नहुनाले कारवाही स्वरूप राजेश पुलामीलाई १ डीमेरिट ( अवगुण ) अंक दिईएको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]