सोनु देवकोटा चम्कदा काठमाडौं मेयर्स कपमा बागमतीको पहिलो जित

काठमाडौंमा जारि काठमाडौं मेयर्स कप अन्तर्गत मंगलबार सम्पन्न चौथौं दिनको खेलमा बागमती प्रदेशले विभागीय टोलि एपीएफलाई २७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

यसअघि बागमती आफ्नो पहिलो खेलमा काठमाडौँ मेयर्स-११ तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबसंग पराजित भएको थियो। यस्तै सुरुवाती दुवै खेलमा जित दर्ता गरेको एपीएफले प्रतियोगितामा पहिलो हार बेहोरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा २३४ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र २०६ रन बनाउँन सक्यो। ओपनर ब्याट्सम्यान आसिफ शेखले आक्रामक अर्धशतक बनाएता पनि लेग-स्पिनर सोनु देवकोटाले उत्कृष्ट बलिंग प्रदर्शन गर्दै बागमतीलाई जित दिलाएका थिए।

एपीएफको ब्याटिंगमा आशिफ शेखले सर्वाधिक ५०, शंकर रानाले २९, अमर सिंह राउटेलाले २७ तथा सन्दिप जोराले २५ रन बनाए।

कप्तान शरद भेषवाकर ४ रन बनाएर आउट भएपछि आशिफ शेखले शंकर रानासंग दोस्रो विकेटका लागि ७२ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफको इनिंग्स सम्हाले। नियमित ओपनर सुबास खकुरेलले चोटका कारण आजको खेल गुमाउदा आशिफ शेखसंग कप्तान शरद भेषवाकर ओपनिंगमा आएका थिए।

३८ बलमा ७ चौका र २ छक्काको मद्धतमा ५० रनको आक्रामक पारि खेलेका शेखलाई देवकोटाले आउट पार्दै साझेदारी तोडे। उनको विकेटसंगै बागमती खेलमा हावी भएको थियो। त्यसपछि देवकोटाले ५ विकेट लिंदै एपीएफको ब्याटिंग अर्डर धराशायी पारेका थिए। मिडल ओभरमा देकोटाले निरन्तर रुपमा विकेट लिंदै एपीएफका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएका थिएनन्।

सोनु देवकोटा

खेलमा प्लेयर अफ द म्याच बागमतीका लेग-स्पिनर सोनु देवकोटा चुनिए।

बागमतीको बलिंगमा सोनु देवकोटाले १० ओभरमा ४१ रन खर्चेर सर्वाधिक ६ विकेट लिए। यस्तै रामनरेश गिरि र आरियो पौडेलले समान २ विकेट हात पारे।

यसअघि  खेलमा टस जितेर ब्याटिंगको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर २३३ रन बनाएको थियो।

बागमतीको ब्याटिंगमा नन्दन यादवले सर्वाधिक अविजित ६० रन बनाए जुन क्रममा ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ८४ बलमा ७ चौका प्रहार गर्दै ५७ रन बनाए। आदील खानले ३४, इशान पाण्डेले ३१ तथा पारस खड्काले २९ रन बनाए।

ओपनर आकाश थापा १ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ४९ रनको साझेदारी गरे। १७ औं ओभरमा पारसलाई बसन्त रेग्मीले क्याच आउट गराए। त्यसपछि ज्ञानेन्द्र र इशान पाण्डेले ४८ रनको साझेदारी गरे। २८ औं ओभरमा मल्ललाई अमर सिंह रौटेलाले क्याच आउट गराए। त्यसपछि फर्ममा रहेका पृथु बास्कोटा मात्र ५ रन बनाएर रौटेलाबाट क्याच आउट भए। ३५ औं ओभरमा इशानलाई किशोर महतोले क्याच आउट गर्दै एपीएफलाई खेलमा हावी गरे।

त्यसपछि आदील खानले छैठौं विकेटको लागि नन्दन यादबसंग ७३ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। ४७ औं ओभरमा आदीललाई किशोरले क्याच आउट गरे। त्यसपछि नन्दनले अन्तिमसम ब्याटिंग गरे।

एपीएफको बलिंगमा किशोर महतो ( १०-२-४८-२ ) र अमर सिंह रौटेलाले ( १०-०-५१-२ ) समान २ विकेट लिए। अविनाश बोहरा ( १०-१-४१-१ ) र बसन्त रेग्मी ( १०-२-२९-१ ) ले समान १ विकेट लिए।

यो पनि पढ्नुस 

लो स्कोरिंग खेलमा पुलिस ३ विकेटले विजयी, आर्मीका आलमले लिए ७ विकेट

धोनी आवद्ध ब्राण्ड ‘सेभेन’ ईपिएलसंग जोडियो





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]