भारतद्वारा इंग्ल्यान्ड सहजै पराजित, कोहलीले बनाए नयाँ कीर्तिमान

दोश्रो टि-२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई पराजित गर्दै भारतले पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गरेको छ।

इंग्ल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर १७.५ ओभरमै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर केएल राहुल खाता नखोली पहिलो ओभरमा स्याम करनबाट क्याच आउट भए। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान बिराट कोहलीले डेब्यु गरिरहेका ब्याट्सम्यान इशान किशनसंग ९४ रनको साझेदारी गरे।

आक्रामक ब्याटिंग गरेका ओपनर किशनलाई दशौँ ओभरमा आदील रशिदले एलबिडब्लु आउट गरे। त्यस अघि किशनले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। टि२० अन्तर्राष्ट्रिय डेब्युमा अर्धशतक बनाउने किशन भारतको अजिंके रहाने पछि दोश्रो ब्याट्सम्यान बन्न पुगे।

इशान किशनले डेब्युमा अर्धशतक बनाए

किशनको विकेट पछि क्रिजमा आएका रिशभ पन्तले आक्रामक ब्याटिंग गरे र मात्र १३ बलमा २ चौका र २ छक्का मद्दतले २६ रन बनाए। १४ औं ओभरमा पन्तलाई क्रिस जोर्डनले क्याच आउट गराए जतिबेला भारतलाई जित्न ३५ रन मात्र आवस्यक रहेको थियो।

पन्तको विकेट पछि कप्तान कोहली र श्रेयस ऐयरले भारतलाई जितसम्म डोर्याए।

कोहलीले टि-२० अन्तर्राष्ट्रिय करियरको २६ औं अर्धशतक पुरा गरे जुन क्रममा अविजित ७३ रन बनाए। पछिल्लो २ इनिंग्समा कोहली इंग्ल्यान्ड बिरुद्ध खाता नखोली आउट भएका थिए। कोहलीले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। श्रेयस ऐयरले अविजित ८ रन बनाए।

बिराट कोहली टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन पुरा गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन्। यस अघि कोहलीले सबै भन्दा छिटो २ हजार रन समेत बनाएका थिए। कोहली पछि टि-२० अन्तर्राष्ट्रियमा धेरै रन न्युजिल्यान्डका मार्टिन गप्टिलले बनाएका छन् जसको नाममा २ हजार ८ सय ३९ रन रहेको छ। तेश्रो धेरै रन बनाउने रोहित शर्माले २ हजार ७ सय ७३ रन बनाएका छन्।

इंग्ल्यान्डको बलिंगमा स्याम करन ( ४-१-२२-१ ) , क्रिस जोर्डन ( २.५-०-३८-१ ) र आदील रशिद ( ४-०-३८-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

इंगलिस ओपनर जोस बटलर पहिलो ओभरमा खाता नखोली भुवनेश्वर कुमारबाट एलबिडब्लु भए। दोश्रो विकेटको लागि जेसन रोय र डेबिड मलानले ६३ रनको साझेदारी गरे। २४ रन बनाएका मलानलाई युजभेन्द्र चहलले नवौं ओभरमा एलबिडब्लु गरे।

१२ औं ओभरमा जेसन रोयलाई वासिंगटन सुन्दरले क्याच आउट गराए जसले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए। २० रन बनाएका जोनी बेयरस्टोलाई सुन्दरले १४ औं ओभरमा दोश्रो शिकार बनाए। कप्तान ओएन मोर्गनलाई १८ औं ओभरमा शार्दुल ठाकुरले विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराए। अन्तिम ओभरमा शार्दुल ठाकुरबाट क्याच आउट हुनु अघि बेन स्टोक्सले २४ रन बनाए।

इनिंग्सको अन्तिम ५ ओभरमा इंग्ल्यान्डले मात्र ३५ रन बनाउन सक्यो।

भारतको बलिंगमा वासिंगटन सुन्दर ( ४-०-२९-२ ) र शार्दुल ठाकुरले ( ४-०-२९-२ ) ले समान २ विकेट लिए। भुवनेश्वर कुमार ( ४-०-२८-१ ) र युजभेन्द्र चहल ( ४-०-३४-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो खेल मंगलबार नरेन्द्र मोदी स्टेडियम अहमदावादमानै खेलिनेछ।

धेरैले पढेको 

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]