सप्तरी प्रिमियर लिग : अनिल शाहको आक्रामक शतक

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत मंगलबार जारि खेलमा बजाज खडक वारियर्सका ब्याट्सम्यान अनिल शाहले बोदे बर्साईन थन्डर्स बिरुद्ध शतक प्रहार गरेका छन्।

सप्तरीको राज रंगशालामा जारि प्रतियोगिताको तेश्रो दिन चल्दै गर्दा कुनै ब्याट्सम्यानले शतक प्रहार गरेको यो पहिलो पटक हो।

आक्रामक ब्याटिंग गरेका अनिलले मात्र ५० बलमा अविजित १०० रन बनाए। त्यस क्रममा उनले ७ चौका र ८ वटा छक्का प्रहार गरे।

बजाज खडक वारियार्सको लागि कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए।

टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १८६ रन बनाउदै बोदे बर्साईन थन्डर्सलाई १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। जारि प्रतियोगितामा यो सर्वाधिक टिम योगफल हो। स्कोरकार्ड

बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

फोटोमा हेर्नुस अनिलको शतक 

यो पनि पढ्नुस 

सप्तरी प्रिमियर लिग :धमलाको अलराउण्ड प्रदर्शनमा रुपनी राईडर्स विजयी

ललितपुर मेयर महिला च्याम्पियनसिप : उद्घाटन खेलमा प्रदेश-१ र एपीएफ बीच प्रतिस्पर्धा





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]