सप्तरी प्रिमियर लिग : अनिल शाहको आक्रामक शतक

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत मंगलबार जारि खेलमा बजाज खडक वारियर्सका ब्याट्सम्यान अनिल शाहले बोदे बर्साईन थन्डर्स बिरुद्ध शतक प्रहार गरेका छन्।

सप्तरीको राज रंगशालामा जारि प्रतियोगिताको तेश्रो दिन चल्दै गर्दा कुनै ब्याट्सम्यानले शतक प्रहार गरेको यो पहिलो पटक हो।

आक्रामक ब्याटिंग गरेका अनिलले मात्र ५० बलमा अविजित १०० रन बनाए। त्यस क्रममा उनले ७ चौका र ८ वटा छक्का प्रहार गरे।

बजाज खडक वारियार्सको लागि कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए।

टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १८६ रन बनाउदै बोदे बर्साईन थन्डर्सलाई १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। जारि प्रतियोगितामा यो सर्वाधिक टिम योगफल हो। स्कोरकार्ड

बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

फोटोमा हेर्नुस अनिलको शतक 

यो पनि पढ्नुस 

https://wicketnepal.com/dhamala-all-round-perf-rupani/

https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy