सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्सको जितमा अनिलको आक्रामक शतक

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जित दर्ता गरेका छन्।

राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका

सप्तरीको राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा रुपनी राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए।

सुनिल धमला

रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए। यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।

रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए। लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए।

तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए।

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका

बजाज खडक वारियर्सले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए । यस्तै अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाए।

बजाज खडकको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए।  यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा १८६ रन बनाएको थियो।

अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाए

बजाज खडक वारियर्सको लागि ओपनिंग ब्याटिंग गरेका अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित १०० रन बनाए।  त्यस क्रममा उनले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे। यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए।

बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए।

लिग अन्तर्गत बुधबार पनि दुईवटा खेल खेलिनेछन्। पहिलो खेलमा विहान ९ बजे रुपनी राईडर्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोईलाडी जायन्टसले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस 

ललितपुर मेयर महिला च्याम्पियनसिप : उद्घाटन खेलमा प्रदेश-१ र एपीएफ बीच प्रतिस्पर्धा

एमएम कप तेस्रो संस्करणको प्रत्यक्ष प्रसारणको जिम्मा एक्सन स्पोर्ट्सलाई

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]