सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्सको जितमा अनिलको आक्रामक शतक

२०७७ चैत्र १०, मंगलवार १७:१९

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जित दर्ता गरेका छन्।

राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका

सप्तरीको राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा रुपनी राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए।

सुनिल धमला

रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए। यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।

रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए। लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए।

तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए।

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका

बजाज खडक वारियर्सले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए । यस्तै अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाए।

बजाज खडकको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए।  यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा १८६ रन बनाएको थियो।

अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाए

बजाज खडक वारियर्सको लागि ओपनिंग ब्याटिंग गरेका अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित १०० रन बनाए।  त्यस क्रममा उनले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे। यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए।

बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए।

लिग अन्तर्गत बुधबार पनि दुईवटा खेल खेलिनेछन्। पहिलो खेलमा विहान ९ बजे रुपनी राईडर्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोईलाडी जायन्टसले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/lalitpur-mayor-cup-khel-talika-wn21/

https://wicketnepal.com/mm-cup-action-sports-wn21/

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy