ललितपुर मेयर महिला टि-२० : सुदूरपश्चिमद्वारा मेयर्स-११ पराजित

पहिलो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टियु मैदान किर्तिपुरमा समपन्न खेलमा मेयर्स-११ ले दिएको १०८ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर १९ ओभरमा भेटायो। स्कोरकार्ड, अंकतालिका

सुदूरपश्चिमको ब्याटिंगमा ओपनर मंजु बोकटिले सर्वाधिक ४१ रन योगदान दिईन्। डली भट्टले २२ रन, रेवती धामीले १८ रन तथा कविता जोशीले अविजित १० रन योगदान दिए। पहिलो विकेटको लागि मंजु र रेवतीले ५२ रनको साझेदारी गरेका थिए।

मेयर्स-११ को बलिंगमा सुमन खतिवडा र आरति बिडारीले समान १ विकेट हात पारे।

Kanchan Shrestha

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुर मेयर्स-११ ले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १०७ रन बनाएको थियो।

मेयर्स-११ को लागि तेश्रो नम्बरमा ब्याटिंग गरेकी कन्चन श्रेष्ठले सर्वाधिक ६३ रन योगदान दिईन्। करियरकै पहिलो अर्धशतक बनाउने क्रममा उनले ५६ बलमा ८ चौका प्रहार गरिन्। सुमन खतिवडाले १६ तथा अस्मिना कर्माचार्यले १३ रन योगदान दिईन्। कन्चनले पाँचौ विकेटको लागि अस्मिनासंग ६२ रनको साझेदारी गरेकी थिईन्।

सुदूरपश्चिमको बलिंगमा कविता कुँवर, ऋतु कनौजिया र सम्झना खड्काले समान १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत शनिवारनै सम्पन्न पहिलो खेलए विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रदेश नम्बर-१ लाई ८ विकेटले परजित गर्दै विजयी सुरुवात गरेको थियो।

प्रतियोगिता अन्तर्गत आइतबार दुईवटा खेल खेलिनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेश तथा १ बजे सुरु हुने दोश्रो खेलमा ललितपुर मेयर्स-११ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल टियु मैदान किर्तिपुरमा खेलिनेछ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा जारि प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेको छ।

सम्बन्धित 

ललितपुर मेयर महिला टि-२० : एपीएफको जितमा सिताको अर्धशतक

बाबर प्रेरित पाकिस्तानको रोमान्चक जित

यो सिजन आईपीएल गुमाउने ४ स्टार खेलाडी





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]