ललितपुर मेयर महिला टि-२० : सुदूरपश्चिमद्वारा मेयर्स-११ पराजित

२०७७ चैत्र २१, शनिबार १६:२९

पहिलो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टियु मैदान किर्तिपुरमा समपन्न खेलमा मेयर्स-११ ले दिएको १०८ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर १९ ओभरमा भेटायो। स्कोरकार्ड, अंकतालिका

सुदूरपश्चिमको ब्याटिंगमा ओपनर मंजु बोकटिले सर्वाधिक ४१ रन योगदान दिईन्। डली भट्टले २२ रन, रेवती धामीले १८ रन तथा कविता जोशीले अविजित १० रन योगदान दिए। पहिलो विकेटको लागि मंजु र रेवतीले ५२ रनको साझेदारी गरेका थिए।

मेयर्स-११ को बलिंगमा सुमन खतिवडा र आरति बिडारीले समान १ विकेट हात पारे।

Kanchan Shrestha

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुर मेयर्स-११ ले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १०७ रन बनाएको थियो।

मेयर्स-११ को लागि तेश्रो नम्बरमा ब्याटिंग गरेकी कन्चन श्रेष्ठले सर्वाधिक ६३ रन योगदान दिईन्। करियरकै पहिलो अर्धशतक बनाउने क्रममा उनले ५६ बलमा ८ चौका प्रहार गरिन्। सुमन खतिवडाले १६ तथा अस्मिना कर्माचार्यले १३ रन योगदान दिईन्। कन्चनले पाँचौ विकेटको लागि अस्मिनासंग ६२ रनको साझेदारी गरेकी थिईन्।

सुदूरपश्चिमको बलिंगमा कविता कुँवर, ऋतु कनौजिया र सम्झना खड्काले समान १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत शनिवारनै सम्पन्न पहिलो खेलए विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रदेश नम्बर-१ लाई ८ विकेटले परजित गर्दै विजयी सुरुवात गरेको थियो।

प्रतियोगिता अन्तर्गत आइतबार दुईवटा खेल खेलिनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेश तथा १ बजे सुरु हुने दोश्रो खेलमा ललितपुर मेयर्स-११ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल टियु मैदान किर्तिपुरमा खेलिनेछ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा जारि प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेको छ।

सम्बन्धित 

https://wicketnepal.com/lmc-day-1-m1-apf-win/

https://wicketnepal.com/pak-vs-sa-1st-odi-wn21-babar/

https://wicketnepal.com/ipl-2021-3-players-likely-to-miss/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy