ललितपुर मेयर महिला टि-२० : रुबिना चम्किदा प्रदेश-१ को पहिलो जित

ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट अन्तर्गत तेश्रो दिन सम्पन्न एक मात्र खेलमा प्रदेश नम्बर-१ ले लुम्बिनी प्रदेशलाई १० विकेटले सहजै पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको १०५ रनको लक्ष्य प्रदेश-१ ले १३.२ ओभरमा विकेट नगुमाई भेटायो। स्कोरकार्ड, अंकतालिका 

प्रदेश-१ को लागि कप्तान रुबिना क्षेत्रीले अविजित अर्धशतक बनाईन् जुन क्रममा ४९ बलमा १२ चौका र १ छक्का मद्दतले ६८ प्रहार गरिन्। काजल श्रेष्ठले अविजित २५ रन बनाईन्।

Saraswati GM

यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनी प्रदेशले २० ओभरमा २ विकेट क्षेतीमा १०४ रन बनाएको थियो।

लुम्बिनीको लागि सरस्वति घर्ति मगरले सर्वाधिक अविजित ५० रन प्रहार गरिन्। उनले ६६ बलमा ५ चौका प्रहार गरिन्। नेरी थापाले अविजित २० रन तथा नितु भण्डारीले १८ रन योगदान दिईन्।

प्रदेश-१ को लागि एक मात्र विकेट सबनम राईले हात पारिन्।

खेलको प्लेयर अफ द म्याच रुबिना क्षेत्री चुनिईन्।

पहिलो खेलमा एपीएफसंग पराजित भएको प्रदेश-१ को यो पहिलो जित हो। लुम्बिनी प्रदेश भने खेलेको दुवै खेलमा पराजित भएको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई वटा खेल हुनेछन्। बिहान ९ बजेको पहिलो खेलमा ललितपुर मेयर्स-११ र एपीएफ तथा १ बजे हुने दोश्रो खेलमा प्रदेश-१ र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

IPL : बैंगलोरबाट ओपनिंग गर्न सक्छन् यी युवा खेलाडी

फखर जमानको विश्व कीर्तिमानी इनिंग्सका बाबजुद पाकिस्तान पराजित

नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]