ललितपुर मेयर महिला टि-२० : रुबिना चम्किदा प्रदेश-१ को पहिलो जित

२०७७ चैत्र २३, सोमबार १३:५७

ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट अन्तर्गत तेश्रो दिन सम्पन्न एक मात्र खेलमा प्रदेश नम्बर-१ ले लुम्बिनी प्रदेशलाई १० विकेटले सहजै पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको १०५ रनको लक्ष्य प्रदेश-१ ले १३.२ ओभरमा विकेट नगुमाई भेटायो। स्कोरकार्ड, अंकतालिका 

प्रदेश-१ को लागि कप्तान रुबिना क्षेत्रीले अविजित अर्धशतक बनाईन् जुन क्रममा ४९ बलमा १२ चौका र १ छक्का मद्दतले ६८ प्रहार गरिन्। काजल श्रेष्ठले अविजित २५ रन बनाईन्।

Saraswati GM

यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनी प्रदेशले २० ओभरमा २ विकेट क्षेतीमा १०४ रन बनाएको थियो।

लुम्बिनीको लागि सरस्वति घर्ति मगरले सर्वाधिक अविजित ५० रन प्रहार गरिन्। उनले ६६ बलमा ५ चौका प्रहार गरिन्। नेरी थापाले अविजित २० रन तथा नितु भण्डारीले १८ रन योगदान दिईन्।

प्रदेश-१ को लागि एक मात्र विकेट सबनम राईले हात पारिन्।

खेलको प्लेयर अफ द म्याच रुबिना क्षेत्री चुनिईन्।

पहिलो खेलमा एपीएफसंग पराजित भएको प्रदेश-१ को यो पहिलो जित हो। लुम्बिनी प्रदेश भने खेलेको दुवै खेलमा पराजित भएको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई वटा खेल हुनेछन्। बिहान ९ बजेको पहिलो खेलमा ललितपुर मेयर्स-११ र एपीएफ तथा १ बजे हुने दोश्रो खेलमा प्रदेश-१ र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-rcb-opaning-garna-sakchan-yi-wn21/

https://wicketnepal.com/sa-vs-pak-2nd-odi-res-wn21/

https://wicketnepal.com/nepal-team-ghoshana-prarambhik-tri-ser/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy