एपीएफ ललितपुर मेयर्स महिला च्याम्पियनसिपको फाइनलमा

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा ललितपुर मेयर्स-११ लाई १० विकेटले पराजित गर्दै एपीएफले लगातार तेश्रो जित दर्ता गरेको हो। एपीएफले यस अघि सुदूरपश्चिम र प्रदेश नम्बर-१ लाई पराजित गरेको थियो। जित पछि एपीएफ एक खेल खेल्न बाँकी रहंदा ६ अंक सहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा ललितपुर मेयर्स-११ ले दिएको ६७ रनको लक्ष्य एपीएफले विकेट नगुमाई ९.१ ओभरमै भेटायो। एपीएफको लागि राजमती ऐरीले ३३ तथा इन्दु बर्माले २८ रन बनाईन्

स्कोरकार्ड, अंकतालिका  

यस अघि टस हारेर ब्याटिंग गरेको मेयर्स-११ ले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो। मेयर्स-११ को लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ रन, सन्तोषी चौधरीले अविजित १३ रन तथा कटान सरस्वति चौधरीले १२ रन बनाईन्।

https://www.facebook.com/WicketNepal/posts/2149199838550140

एपीएफको बलिंगमा अफ सिनर बिनु बुढा मगरले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभर बलिंग गर्दै मात्र ११ रन खर्चिन्। रेखा रावलले २ विकेट तथा सुमन बिस्ट, करुणा भण्डारी र सिता राना मगरले समान १ विकेट हात पारिन्।

प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेका छन्। लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्।

धेरैले पढेको 

IPL : बैंगलोरबाट ओपनिंग गर्न सक्छन् यी युवा खेलाडी

नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा

सन्दिपले इंग्ल्यान्डको भाईटालिटि ब्लास्ट टि-२० खेल्ने





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]