एपीएफ ललितपुर मेयर्स महिला च्याम्पियनसिपको फाइनलमा

२०७७ चैत्र २४, मंगलवार १२:००

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा ललितपुर मेयर्स-११ लाई १० विकेटले पराजित गर्दै एपीएफले लगातार तेश्रो जित दर्ता गरेको हो। एपीएफले यस अघि सुदूरपश्चिम र प्रदेश नम्बर-१ लाई पराजित गरेको थियो। जित पछि एपीएफ एक खेल खेल्न बाँकी रहंदा ६ अंक सहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा ललितपुर मेयर्स-११ ले दिएको ६७ रनको लक्ष्य एपीएफले विकेट नगुमाई ९.१ ओभरमै भेटायो। एपीएफको लागि राजमती ऐरीले ३३ तथा इन्दु बर्माले २८ रन बनाईन्

स्कोरकार्ड, अंकतालिका  

यस अघि टस हारेर ब्याटिंग गरेको मेयर्स-११ ले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो। मेयर्स-११ को लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ रन, सन्तोषी चौधरीले अविजित १३ रन तथा कटान सरस्वति चौधरीले १२ रन बनाईन्।

https://www.facebook.com/WicketNepal/posts/2149199838550140

एपीएफको बलिंगमा अफ सिनर बिनु बुढा मगरले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभर बलिंग गर्दै मात्र ११ रन खर्चिन्। रेखा रावलले २ विकेट तथा सुमन बिस्ट, करुणा भण्डारी र सिता राना मगरले समान १ विकेट हात पारिन्।

प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेका छन्। लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-rcb-opaning-garna-sakchan-yi-wn21/

https://wicketnepal.com/nepal-team-ghoshana-prarambhik-tri-ser/

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy