महिला टि-२० : लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिप टि-ट्वान्टी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। यस अघिनै सबै तिन खेलमा जितको साथ एक खेल अगावै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले फाइनलमा स्थान पक्का गरिसकेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २ विकेट क्षेतीमा १२.३ ओभरमा भेटायो। स्कोरकार्ड, अंकतालिका 

सुदूरपश्चिमको लागि मंजु बोकटिले सर्वाधिक २६ रन बनाईन् भने रेवती धामी र बिन्दु रावलले समान १७ रन योगदान दिए। लुम्बिनी प्रदेशकी बलर कृतिका मरासिनीले २ विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो। उसको लागि ओपनर लक्ष्मी चौधरीले २६ तथा कप्तान नेरी थापाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

https://www.facebook.com/WicketNepal/posts/2150158758454248

सुदूरपश्चिम प्रदेशकी लेग स्पिनर लक्ष्मी साउदले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। साउदले अघिल्लो खेलमा प्रदेश-१ बिरुद्ध पनि ह्याट्रिक विकेट सहित ४ विकेटनै हात पारेकी थिईन्। यस्तै कप्तान रितु कनोजियाले ३ विकेट ( ४-०-१४-३ ) तथा सुनिता लोहार र कविता जोशीले समान १ विकेट हात पारिन्।

प्रतियोगितामा लुम्बिनी प्रदेशको यो लगातार तेश्रो हार हो। सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई पराजित गरेको थियो भने दोश्रो खेलमा एपीएफसंग पराजित भएको थियो। यस्तै तेश्रो खेलमा प्रदेश-१ लाई स्तब्ध बनाएको थियो।

प्रतियोगिताको फाइनल खेल शनिवार सुदूरपश्चिम र एपीएफ बीच खेलिनेछ। त्यस अघि लिग चरणको अन्तिम दिनको खेलमा बिहिबार ललितपुर मेयर्स-११ र प्रदेश नम्बर-१ तथा लुम्बिनी र एपीएफले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

लक्ष्मीले लिईन् ह्याट्रिक विकेट, सुदूरपश्चिमसंग प्रदेश-१ पराजित

IPL : बैंगलोरबाट ओपनिंग गर्न सक्छन् यी युवा खेलाडी

नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]