महिला टि-२० : लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

२०७७ चैत्र २५, बुधबार १३:४२

लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिप टि-ट्वान्टी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। यस अघिनै सबै तिन खेलमा जितको साथ एक खेल अगावै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले फाइनलमा स्थान पक्का गरिसकेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २ विकेट क्षेतीमा १२.३ ओभरमा भेटायो। स्कोरकार्ड, अंकतालिका 

सुदूरपश्चिमको लागि मंजु बोकटिले सर्वाधिक २६ रन बनाईन् भने रेवती धामी र बिन्दु रावलले समान १७ रन योगदान दिए। लुम्बिनी प्रदेशकी बलर कृतिका मरासिनीले २ विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो। उसको लागि ओपनर लक्ष्मी चौधरीले २६ तथा कप्तान नेरी थापाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

https://www.facebook.com/WicketNepal/posts/2150158758454248

सुदूरपश्चिम प्रदेशकी लेग स्पिनर लक्ष्मी साउदले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। साउदले अघिल्लो खेलमा प्रदेश-१ बिरुद्ध पनि ह्याट्रिक विकेट सहित ४ विकेटनै हात पारेकी थिईन्। यस्तै कप्तान रितु कनोजियाले ३ विकेट ( ४-०-१४-३ ) तथा सुनिता लोहार र कविता जोशीले समान १ विकेट हात पारिन्।

प्रतियोगितामा लुम्बिनी प्रदेशको यो लगातार तेश्रो हार हो। सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई पराजित गरेको थियो भने दोश्रो खेलमा एपीएफसंग पराजित भएको थियो। यस्तै तेश्रो खेलमा प्रदेश-१ लाई स्तब्ध बनाएको थियो।

प्रतियोगिताको फाइनल खेल शनिवार सुदूरपश्चिम र एपीएफ बीच खेलिनेछ। त्यस अघि लिग चरणको अन्तिम दिनको खेलमा बिहिबार ललितपुर मेयर्स-११ र प्रदेश नम्बर-१ तथा लुम्बिनी र एपीएफले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/lmcup-m7-news-wn21/

https://wicketnepal.com/ipl-rcb-opaning-garna-sakchan-yi-wn21/

https://wicketnepal.com/nepal-team-ghoshana-prarambhik-tri-ser/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy