नेदरल्याण्डद्वारा नेपाललाई मध्यम लक्ष्य

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिज सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड र नेपाल प्रतिस्पर्धा गर्दैछन्।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १३६ रन बनाउदै नेपाललै १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्याण्डको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा १० रन बनाएका ओपनर म्याक्स ओ’ डोडलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे। लगत्तै ओभरमा खाता नखोल्दै सोमपाल कामिले बेन कुपरलाई एलबिडब्लु आउट गरे।

तेश्रो विकेटको लागि ओपनर स्कट एड्वार्ड्स र बास डी लिडेले ६१ रनको साझेदारी गरे। १४ औं ओभरमा एड्वार्ड्सलाई शाहब आलमले क्याच आउट गराएर साझेदारी तोडे र पहिलो अन्तर्राष्ट्रिय विकेट समेत लिए। एड्वार्ड्सले ३२ बलमा २ चौका र १ छक्का मद्दतले ३० रन बनाए। ४१ रन बनाएका बास डी लिडेलाई १७ औं ओभरमा सन्दिप लामिछानेले क्याच आउट गरे। लिडेले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

पाँचौ विकेटको लागि कप्तान पिटर सिलार र एन्टोनियस स्टालले ३६ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई सम्मानजनक योगफलसम्म डोर्याए। सिलारले १७ बलमा २ चौका र १ चौका मद्दतले अविजित २२ रन बनाए भने स्टालले आक्रामक ब्याटिंग गर्दै मात्र ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २० रन बनाए।

अन्तिम ५ ओभरमा नेदरल्याण्डले मात्र १ विकेट गुमाएर ५८ रन बनायो।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। सोमपाल कामि ( ४-०-१४-१ ) र शाहब आलमले( ४-०-४५-१ ) ले समान १ विकेट लिए।

स्कोरकार्ड 

खेलमा नेपालको लागि कुशल भुर्तेल, शाहब आलम र आसिफ शेखले टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका छन्। कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारि र सन्दिप जोरालाई बाहिर राखिएको छ।

यो पनि पढ्नुस 

यस्तो छ नेपाल र नेदरल्याण्डको टि-२० क्रिकेटको बिगत

दक्षिण अफ्रीका ३ विकेटले पराजित, पाकिस्तानले जित्यो सिरिज





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]