नेदरल्याण्डद्वारा नेपाललाई मध्यम लक्ष्य

२०७८ बैशाख ४, शनिबार १४:५५

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिज सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड र नेपाल प्रतिस्पर्धा गर्दैछन्।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १३६ रन बनाउदै नेपाललै १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्याण्डको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा १० रन बनाएका ओपनर म्याक्स ओ’ डोडलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे। लगत्तै ओभरमा खाता नखोल्दै सोमपाल कामिले बेन कुपरलाई एलबिडब्लु आउट गरे।

तेश्रो विकेटको लागि ओपनर स्कट एड्वार्ड्स र बास डी लिडेले ६१ रनको साझेदारी गरे। १४ औं ओभरमा एड्वार्ड्सलाई शाहब आलमले क्याच आउट गराएर साझेदारी तोडे र पहिलो अन्तर्राष्ट्रिय विकेट समेत लिए। एड्वार्ड्सले ३२ बलमा २ चौका र १ छक्का मद्दतले ३० रन बनाए। ४१ रन बनाएका बास डी लिडेलाई १७ औं ओभरमा सन्दिप लामिछानेले क्याच आउट गरे। लिडेले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

पाँचौ विकेटको लागि कप्तान पिटर सिलार र एन्टोनियस स्टालले ३६ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई सम्मानजनक योगफलसम्म डोर्याए। सिलारले १७ बलमा २ चौका र १ चौका मद्दतले अविजित २२ रन बनाए भने स्टालले आक्रामक ब्याटिंग गर्दै मात्र ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २० रन बनाए।

अन्तिम ५ ओभरमा नेदरल्याण्डले मात्र १ विकेट गुमाएर ५८ रन बनायो।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। सोमपाल कामि ( ४-०-१४-१ ) र शाहब आलमले( ४-०-४५-१ ) ले समान १ विकेट लिए।

स्कोरकार्ड 

खेलमा नेपालको लागि कुशल भुर्तेल, शाहब आलम र आसिफ शेखले टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका छन्। कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारि र सन्दिप जोरालाई बाहिर राखिएको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

https://wicketnepal.com/pak-beat-sa-series-3-1/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy