कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

नेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान किर्तिपुरमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा २०६ रन बनाउदै नेदरल्याण्डलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो योगफल नेपालको नेदरल्याण्ड बिरुद्ध सबैभन्दा ठुलो योगफल हो भने नेपालले बनाएको हालसम्मकै दोश्रो ठुलो योगफल हो। नेपालले बनाएको सर्वाधिक योगफल २३६ रन हो जुन भुटान बिरुद्ध २०१९ साग क्रिकेटमा नेपालले बनाएको थियो।

दोश्रो ओभरमा आसिफ शेख खाता नखोली भीभीएन किंग्माबाट आउट भएपछि अर्का ओपनर कुशल भुर्तेलले ज्ञानेन्द्र मल्लसंग ४३ रनको साझेदारी गरे। सातौँ ओभरमा मल्ल २० रन बनाएर पिटर सिलरबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि भुर्तेलले दिपेन्द्र ऐरीसंग ७८ रनको साझेदारी गरे। लगातार तेश्रो अर्धशतक पुरा गरेपछि भुर्तेल १५ औं ओभरमा किंग्माबाट क्याच आउट भए। त्यस अघि भुर्तेलले ४६ बलमा ८ चौका र १ छक्का मद्दतले ६२ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पछि लगातार तिन वटा अर्धशतक बनाउने कुशल भुर्तेल विश्वकै पहिलो क्रिकेटर बनेका छन्।

भुर्तेलको विकेट पछि १६ औं ओभरमा दिपेन्द्र ऐरी पनि आउट भए। टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पुरा गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए। ७ बलमा ३ छक्का मद्दतले १८ रन बनाएर कुशल मल्ल १७ औं ओभरमा आर्यन दत्तबाट क्याच आउट भए। अन्तिममा सोमपाल कामिले १३ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २१ रन बनाउदै नेपालको योगफल २ सय पार गरे।

नेदरल्याण्डको बलिंगमा कप्तान पिटर सिलर ( ४-०-३७-२ ) र भिभिएन किंगमा ( ४-०-४४-२ ) ले समान २ विकेट लिए।  बास डी लिडे ( ३-०-३३-१ ) र आर्यन दत्त ( २-०-२२-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले यस अघि नेदरल्याण्ड र मलेसियालाई पराजित गरिसकेको छ र आजको जितले नेपालको फाइनलमा स्थान पक्का हुनेछ। नेदरल्याण्डले भने यस अघि नेपालसंग एउटा हार बेहोरेको छ भने मलेसियालाई पराजित गरेको थियो।

यो पनि पढ्नुस

आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नाई दोश्रो स्थानमा उक्लियो

कुशलको लागि व्यक्तिगत प्रदर्शन भन्दा नेपाल जित्नु महत्वपूर्ण





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]