कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

नेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान किर्तिपुरमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा २०६ रन बनाउदै नेदरल्याण्डलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो योगफल नेपालको नेदरल्याण्ड बिरुद्ध सबैभन्दा ठुलो योगफल हो भने नेपालले बनाएको हालसम्मकै दोश्रो ठुलो योगफल हो। नेपालले बनाएको सर्वाधिक योगफल २३६ रन हो जुन भुटान बिरुद्ध २०१९ साग क्रिकेटमा नेपालले बनाएको थियो।

दोश्रो ओभरमा आसिफ शेख खाता नखोली भीभीएन किंग्माबाट आउट भएपछि अर्का ओपनर कुशल भुर्तेलले ज्ञानेन्द्र मल्लसंग ४३ रनको साझेदारी गरे। सातौँ ओभरमा मल्ल २० रन बनाएर पिटर सिलरबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि भुर्तेलले दिपेन्द्र ऐरीसंग ७८ रनको साझेदारी गरे। लगातार तेश्रो अर्धशतक पुरा गरेपछि भुर्तेल १५ औं ओभरमा किंग्माबाट क्याच आउट भए। त्यस अघि भुर्तेलले ४६ बलमा ८ चौका र १ छक्का मद्दतले ६२ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पछि लगातार तिन वटा अर्धशतक बनाउने कुशल भुर्तेल विश्वकै पहिलो क्रिकेटर बनेका छन्।

भुर्तेलको विकेट पछि १६ औं ओभरमा दिपेन्द्र ऐरी पनि आउट भए। टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पुरा गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए। ७ बलमा ३ छक्का मद्दतले १८ रन बनाएर कुशल मल्ल १७ औं ओभरमा आर्यन दत्तबाट क्याच आउट भए। अन्तिममा सोमपाल कामिले १३ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २१ रन बनाउदै नेपालको योगफल २ सय पार गरे।

नेदरल्याण्डको बलिंगमा कप्तान पिटर सिलर ( ४-०-३७-२ ) र भिभिएन किंगमा ( ४-०-४४-२ ) ले समान २ विकेट लिए।  बास डी लिडे ( ३-०-३३-१ ) र आर्यन दत्त ( २-०-२२-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले यस अघि नेदरल्याण्ड र मलेसियालाई पराजित गरिसकेको छ र आजको जितले नेपालको फाइनलमा स्थान पक्का हुनेछ। नेदरल्याण्डले भने यस अघि नेपालसंग एउटा हार बेहोरेको छ भने मलेसियालाई पराजित गरेको थियो।

यो पनि पढ्नुस

https://wicketnepal.com/csk-vs-rr-ipl-m12-rep-wn21/

https://wicketnepal.com/mal-vs-nep-wn21-kushal-react-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy