नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको लक्ष्य ३ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्दै घरेलु भुमिमा नेपाललाई हारको स्वाद चखायो। नेदरल्याण्डले खेल जितेसंगै बिभिन्न किर्तिमानहरु समेत आफ्नो नाम गरेको छ जसमध्ये ६ ठुला रेकर्डहरुलाई यो लेखमा प्रस्तुत गरेका छौँ –

१. नेपाल बिरुद्ध सर्वाधिक रन चेज 

नेदरल्याण्डले पछ्याएको २०७ रनको लक्ष्य नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पछ्याईएको इतिहासकै सर्वाधिक लक्ष्य हो। यस्तै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डले पछ्याएको यो सर्वाधिक लक्ष्य हो।

नेपाल बिरुद्ध यस अघि सर्वाधिक रन पछ्याउने कीर्तिमान जिम्बाब्वेको नाममा रहेको थियो जसले २०१९ मा सेप्टेम्बरमा सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले दिएको १३३ रनको लक्ष्य १८.१ ओभरमा ५ विकेट गुमाएर पछ्याएको थियो।

नेदरल्याण्डले यस अघि पछ्याएको सबैभन्दा ठुलो लक्ष्य १९० रन थियो। २०१४ को टि-२० विश्वकपमा नेदरल्याण्डले आयरल्याण्डले दिएको १९० रनको लक्ष्य मात्र १३.५ ओभरमा ४ विकेट मात्र गुमाएर पछ्याएको थियो।

२. नेपाल बिरुद्ध सर्वाधिक योगफल 

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १९.३ ओभरमा बनाएको २०९ रन नेपाल बिरुद्ध कुनै पनि टिमले टि-ट्वान्टी अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक टिम योगफल हो। यस अघि यो रेकर्ड सिंगापुरको नाममा रहेको थियो। सिंगापुरले २०१९ जुलाईमा सम्पन्न टि-२० विश्वकप एसिया रिजन प्रतियोगितामा पहिले ब्याटिंग गर्दै नेपाल बिरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो। उक्त रेकर्ड नेदरल्याण्डले तोडेको हो।

नेदरल्याण्डले यस अघि नेपाल बिरुद्ध बनएको सर्वाधिक योगफल १७४ रन थियो। लर्ड्स मैदानमा २०१८ मा आयोजित त्रिकोणात्मक टि-२० सिरिजमा नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेट क्षेतीमा १७४ रन बनाएको थियो। तर उक्त खेल सोहि समयमा वर्षाको कारण रोकिन पुगेको थियो।

३. नेपाल बिरुद्ध सर्वाधिक व्यक्तिगत रन 

नेदरल्याण्डका बास डी लिडेले बनाएको अविजित ८१ रन नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय इतिहासमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत रन हो। यस अघि नेपाल बिरुद्ध सर्वाधिक रन बनाउने किर्तिमान सिंगापुरका टिम डेभिडको नाममा रहेको थियो जसले २०१९ टि-२० विश्वकप एसिया रिजन प्रतियोगितामा नेपाल बिरुद्ध ७७ रन बनाएका थिए। नेदरल्याण्ड ब्याट्सम्यानको रुपमा यस अघि नेपाल बिरुद्ध धेरै रन बनाउने किर्तिमान माइकल स्वार्टको नाममा रहेको थियो जसले २०१५ मा नेपालको नेदरल्याण्ड भ्रमणमा ओपनिंग ब्याटिंग गर्दै अविजित ७६ रन बनएका थिए।

बास डी लिडेले बनाएको अविजित ८१ रन नेपाल बिरुद्ध सर्वाधिक व्यक्तिगत रन हो

४. नेपाल बिरुद्ध सर्वाधिक जित 

नेपाल बिरुद्ध ३ विकेटको जित दर्ता गर्दै नेदरल्याण्डले टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध जित संख्या ४ पुर्याएको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड नेपाल बिरुद्ध सबैभन्दा धेरै जित दर्ता गर्ने टिम बनेको छ। नेदरल्याण्डले नेपाल बिरुद्ध २०१५ देखि हालसम्म कुल ८ खेल खेलेको छ जसमा ४ जित र ३ हार बेहोरेको छ भने एउटा खेल नतिजाविहिन टुंगिएको छ।

नेदरल्याण्ड पछि नेपाललाई धेरै पराजित गर्ने टिम हंगकंगले जसले ५ खेल खेल्दा नेपाललाई ३ जितमा पराजित गरेको छ भने २ वटामा हार बेहोरेको छ। आयरल्याण्ड र जिम्बाब्वेले नेपाललाई समान २ खेलमा पराजित गरेको छ।

५. घरेलु मैदानमा नेपाल बिरुद्ध पहिलो जित 

नेपाललाई टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकै घरेलु मैदानमा पराजित गर्ने नेदरल्याण्ड पहिलो टिम बनेको छ। यस अघि नेपालले घरेलु मैदानमा टि-२० अन्तर्राष्ट्रिय खेलमा हार बेहोरेको थिएन। घरेलु भुमिमा नेपालले २०१९ को साग क्रिकेटमा डेब्यु गरेको थियो। उक्त प्रतियोगितामा भुटान र माल्दिभ्स बिरुद्धको खेलले मात्र टि-२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। भुटान बिरुद्ध एउटा खेल र माल्दिभ बिरुद्ध दुईवटा खेल नेपालले जितेको थियो। त्यसपछि नेपालले जारि सिरिजको पहिलो दुई खेलमा नेदरल्याण्ड र मलेसियालाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको थियो। नेदरल्याण्डले ३ विकेटले नेपाललाई पराजित गर्दै घरेलु भुमिमा पहिलो टि-२० अन्तर्राष्ट्रिय हार चखाएको हो।

६. तेश्रो विकेटको लागि सर्वाधिक साझेदारी 

बेन कुपर र बास डी लिडेले तेश्रो विकेटको लागि गरेको ६८ रनको साझेदारी नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै तेश्रो विकेटको लागि कुनै जोडीले गरेको सर्वाधिक साझेदारी हो। यस अघि यो रेकर्ड सिंगापुरका टिम डेभिड र मनप्रित सिंहको नाममा रहेको थियो जसले तेश्रो विकेटको लागि २०१९ मा ६६ रनको साझेदारी गरेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म एउटा जोडीले मात्र नेपाल बिरुद्ध शतकीय साझेदारी गरेका छन्। नेदरल्याण्डका बेन कुपर र माइकल स्वार्टले २०१५ मा दोश्रो विकेटको लागि नेपाल बिरुद्ध १३१ रनको साझेदारी गरेका थिए।

धेरैले पढेको 

रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंग

कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]