IPL : केएल राहुलको आक्रामक पारि, पन्जाबद्वारा बैंगलोरलाई १८० रनको लक्ष्य

२०७८ बैशाख १७, शुक्रबार २१:२६

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत २६ औं खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्।

नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७९ रन बनाउदै बैंगलोरलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

मायाँक अग्रवाल फिट नभएपछि ओपनिंग गरेका प्रभसिमरन सिंह ७ रन बनाएर चौथो ओभरमा कायल जेमीसनबाट क्याच आउट भए।

दोश्रो विकेटको लागि कप्तान केएल राहुल र क्रिस गेलले ८० रनको साझेदारी गरे। मात्र २४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाएका गेललाई एघारौं ओभरमा ड्यानियल स्याम्सले एबि डी भिल्लीयर्सबाट क्याच आउट गराए।

गेल र राहुलले ८० रनको साझेदारी गरे

गेलको विकेटपछि राहुलले एक किनार सम्हालेता पनि अर्को किनारमा पन्जाबले लगातार विकेट गुमाउन पुग्यो। निकोलस पुरन र शाहरुख खान खाता नखोली जेमीसन र चहलबाट तथा ५ रन बनाएर दिपक हुडा शाहबाज एहमदबाट आउट भए। फलस्वरुप पन्जाब ९९/१ को अवस्थाबाट ११८/५ को अवस्थामा पुग्यो।

त्यसपछि राहुललाई सातौँ नम्बरमा आएका हरप्रित ब्रारले साथ दिए र टिमको योगफल १५० पार गराए। दुवैले छैठौं विकेटको लागि ३२ बलमा ६१ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा पन्जाबले विकेट नगुमाई ६० रन बनायो।

केएल राहुलले अविजित ९१ रन बनाए जुन क्रममा ५७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। हरप्रित ब्रारले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे २५ रन बन्याए।

बैंगलोरको बलिंगमा कायल जेमिसनले २ विकेट ( ३-०-३२-२ ) लिए भने ड्यानीयल स्याम्स ( ४-०-२४-१ ) , युजभेन्द्र चहल ( ४-०-३४-१ ) र शाहबाज एहमद ( २-०-११-१ ) ले समान १ विकेट लिए।

लिग अंकतालिकामा बैंगलोर ६ खेलमा ५ जित र १ हार पछि १० अंक सहित दोश्रो स्थानमा रहेको छ। आजको जितले बैंगलोर शिर्षस्थानमा उक्लनेछ। ६ खेलमा २ जित र ४ हार पछि ४ अंक बटुलेको पन्जाब छैठौं स्थानमा छ।

धेरैले पढेको 

https://wicketnepal.com/jamieson-denied-to-bowl-kohli-in-rcb-nets/

https://wicketnepal.com/ekai-over-ma-6-fours-pit-tips-wn21/

https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy