आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

२०७८ बैशाख २०, सोमबार १२:४९

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने भएको छ।

हालसम्म खेल सर्नुको कारण अधिकारिक रुपमा बाहिर आइसकेको छैन तर श्रोतका अनुसार कोलकाता नाइट राइडर्सका केहि खेलाडीहरु बिरामी भएका कारण यस्तो निर्णय गर्नु परेको हो। मिडियाहरुले दावी गरे अनुसार कोलकाताका खेलाडीहरु बिरामी भएका छन्। उनीहरुलाई कोभीड-१९ संक्रमण भएको हो या हैन भने अधिकारिक रुपमा पुस्टि हुन बाँकी रहेको छ।

क्रिक्इन्फोका अनुसार कोलकाताका २ खेलाडी वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना संक्रमण देखिएको दावी गरेको छ। केहि मिडियाले प्याट कमिन्सलाई पनि कोरोना भएको दावी गरेको छ। तथापी आधिकारिक रुपमा टिम र आईपीएल आयोजकले यसको पुस्टि भने गरिसकेको छैन।

वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना संक्रमण भएको भारतीय मिडियाले दावी गरेका छन्

आईपीएलको खेलहरु दर्शक विना जैव सुरक्षित घेरा बीच खेलिएको छ।

क्रिक्बजका अनुसार आईपीएल आयोजकले खेलको स्थानीय आयोजक गुजरात क्रिकेट एसोसिएसनलाई भारतीय क्रिकेट बोर्डले खेल नहुने जानकारी गराइसकेको छ। गुजरात क्रिकेट एसोसिएसनलाई खेल सर्ने जानकारी गराइसकिएको छ। नयाँ मिति बारे सोमबारनै अधिकारिक जानकारी गराइने बताईएको छ।

खेलाडीहरुमा कोरोना संक्रमण देखिएका कारण पाकिस्तानमा यसै वर्ष मार्चमा जारी रहेको पाकिस्तान सुपर लिग स्थगित भएको थियो। आईपीएलमा पनि खेलाडी संक्रमित भए लिगनै जारि रहनेछ या छैनमा प्रश्नचिन्ह खडा भएको छ।

लिग अंकतालिकामा बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित तेश्रो स्थानमा छ भने कोलकाता ७ खेलमा २ जित र ५ हार पछि ४ अंकका साथ सातौँ स्थानमा रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/dale-steyn-about-warner-wn21/

https://wicketnepal.com/pbks-vs-dc-29th-m-rep-wn21/

https://wicketnepal.com/rr-vs-srh-m28-report-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy