आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने भएको छ।

हालसम्म खेल सर्नुको कारण अधिकारिक रुपमा बाहिर आइसकेको छैन तर श्रोतका अनुसार कोलकाता नाइट राइडर्सका केहि खेलाडीहरु बिरामी भएका कारण यस्तो निर्णय गर्नु परेको हो। मिडियाहरुले दावी गरे अनुसार कोलकाताका खेलाडीहरु बिरामी भएका छन्। उनीहरुलाई कोभीड-१९ संक्रमण भएको हो या हैन भने अधिकारिक रुपमा पुस्टि हुन बाँकी रहेको छ।

क्रिक्इन्फोका अनुसार कोलकाताका २ खेलाडी वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना संक्रमण देखिएको दावी गरेको छ। केहि मिडियाले प्याट कमिन्सलाई पनि कोरोना भएको दावी गरेको छ। तथापी आधिकारिक रुपमा टिम र आईपीएल आयोजकले यसको पुस्टि भने गरिसकेको छैन।

वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना संक्रमण भएको भारतीय मिडियाले दावी गरेका छन्

आईपीएलको खेलहरु दर्शक विना जैव सुरक्षित घेरा बीच खेलिएको छ।

क्रिक्बजका अनुसार आईपीएल आयोजकले खेलको स्थानीय आयोजक गुजरात क्रिकेट एसोसिएसनलाई भारतीय क्रिकेट बोर्डले खेल नहुने जानकारी गराइसकेको छ। गुजरात क्रिकेट एसोसिएसनलाई खेल सर्ने जानकारी गराइसकिएको छ। नयाँ मिति बारे सोमबारनै अधिकारिक जानकारी गराइने बताईएको छ।

खेलाडीहरुमा कोरोना संक्रमण देखिएका कारण पाकिस्तानमा यसै वर्ष मार्चमा जारी रहेको पाकिस्तान सुपर लिग स्थगित भएको थियो। आईपीएलमा पनि खेलाडी संक्रमित भए लिगनै जारि रहनेछ या छैनमा प्रश्नचिन्ह खडा भएको छ।

लिग अंकतालिकामा बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित तेश्रो स्थानमा छ भने कोलकाता ७ खेलमा २ जित र ५ हार पछि ४ अंकका साथ सातौँ स्थानमा रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/dale-steyn-about-warner-wn21/

https://wicketnepal.com/pbks-vs-dc-29th-m-rep-wn21/

https://wicketnepal.com/rr-vs-srh-m28-report-wn21/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]