वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतीय टिमको घोषणा

२०७८ असार १, मंगलवार २०:५९

न्युजिल्यान्ड बिरुद्ध १८ जुनमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १५ सदस्यीय टोलिको घोषणा गरेको छ। फाइनल खेल इंग्ल्यान्डको साउथह्याम्पटनमा खेलिनेछ जसको लागि १५ सदस्यीय टोलिबाट अन्तिम-११ को चयन गरिनेछ। भारतले टिमको घोषणा गर्नु अघि आजै न्युजिल्यान्डले पनि १५ सदस्यीय टोलिको घोषणा गरिसकेको छ। 

घोषित भारतीय टिममा उमेश यादव, मोहम्मद शामी र हनुवा विहारीले पुनरागमन गरेका छन्।

टिमको ओपनरको रुपमा रोहित शर्मा र शुबमन गिललाई सामेल गरिएको छ भने मायाँक अग्रवाललाई बाहिर राखिएको छ। रोहित र शुबमनले फाइनलमा ओपनिंग गर्ने भएका छन्।

टिमको विकेटकिपर ब्याट्सम्यानको रुपमा रिशभ पन्त र रिद्दिमान शाह दुवै टिममा रहेका छन् जसमध्ये अन्तिम-११ मा रिशभले मौका पाउने लगभग पक्का रहेको छ। पन्तले अभ्यास खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए।

टिममा पाँच जना तिब्र गति बलरहरु समाबेश गरिएको छ। जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव र मोहम्मद सिराज मध्येबाट परिस्थिति अनुसार पेस बलर चयन गरिनेछ। अस्ट्रेलिया भ्रमणमा घाइते भएका ब्याट्सम्यान हनुवा बिहारीले पनि टिममा स्थान बनाउन सफल भएका छन्।

अक्सर पटेल र वासिंगटन सुन्दरलाई टिमबाट बाहिर राखिएको छ। शार्दुल ठाकुर पनि बाहिर रहेका छन्।

घोषित भारतीय टिम :  रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंके रहाने, हनुमा विहारी, रिशभ पन्त ( विकेटकिपर ) , रिद्धिमान शाह ( विकेटकिपर ) , रभीचन्द्रन आश्विन, रभिन्द्र जडेजा, जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, मोहमम्द सिराज

घोषित न्युजिल्यान्ड टिम :  केन विलियमसन ( कप्तान ) , टम ब्लनडेल, ट्रेन्ट बोल्ट, डेभोन कनवे, कोलिन डी ग्रयाण्डहोम, म्याट हेनरी, कायल जेमीसन, टम लाथम, हेनरी निकोलस, एजाज पटेल, टिम साउदी, रोस टेलर, नल वागनर, बिजे वाटलिंग र विल योंग

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy