वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतीय टिमको घोषणा

न्युजिल्यान्ड बिरुद्ध १८ जुनमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १५ सदस्यीय टोलिको घोषणा गरेको छ। फाइनल खेल इंग्ल्यान्डको साउथह्याम्पटनमा खेलिनेछ जसको लागि १५ सदस्यीय टोलिबाट अन्तिम-११ को चयन गरिनेछ। भारतले टिमको घोषणा गर्नु अघि आजै न्युजिल्यान्डले पनि १५ सदस्यीय टोलिको घोषणा गरिसकेको छ। 

घोषित भारतीय टिममा उमेश यादव, मोहम्मद शामी र हनुवा विहारीले पुनरागमन गरेका छन्।

टिमको ओपनरको रुपमा रोहित शर्मा र शुबमन गिललाई सामेल गरिएको छ भने मायाँक अग्रवाललाई बाहिर राखिएको छ। रोहित र शुबमनले फाइनलमा ओपनिंग गर्ने भएका छन्।

टिमको विकेटकिपर ब्याट्सम्यानको रुपमा रिशभ पन्त र रिद्दिमान शाह दुवै टिममा रहेका छन् जसमध्ये अन्तिम-११ मा रिशभले मौका पाउने लगभग पक्का रहेको छ। पन्तले अभ्यास खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए।

टिममा पाँच जना तिब्र गति बलरहरु समाबेश गरिएको छ। जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव र मोहम्मद सिराज मध्येबाट परिस्थिति अनुसार पेस बलर चयन गरिनेछ। अस्ट्रेलिया भ्रमणमा घाइते भएका ब्याट्सम्यान हनुवा बिहारीले पनि टिममा स्थान बनाउन सफल भएका छन्।

अक्सर पटेल र वासिंगटन सुन्दरलाई टिमबाट बाहिर राखिएको छ। शार्दुल ठाकुर पनि बाहिर रहेका छन्।

घोषित भारतीय टिम :  रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंके रहाने, हनुमा विहारी, रिशभ पन्त ( विकेटकिपर ) , रिद्धिमान शाह ( विकेटकिपर ) , रभीचन्द्रन आश्विन, रभिन्द्र जडेजा, जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, मोहमम्द सिराज

घोषित न्युजिल्यान्ड टिम :  केन विलियमसन ( कप्तान ) , टम ब्लनडेल, ट्रेन्ट बोल्ट, डेभोन कनवे, कोलिन डी ग्रयाण्डहोम, म्याट हेनरी, कायल जेमीसन, टम लाथम, हेनरी निकोलस, एजाज पटेल, टिम साउदी, रोस टेलर, नल वागनर, बिजे वाटलिंग र विल योंग





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]